काठमाण्डु । फिल्म ‘अञ्जिला’ र एक्सन फिल्म ‘आउटलः दफा २१९’ हलमा लागेका हुन् ।
‘अञ्जिला’ फुटबलर तथा गोलरक्षक एञ्जिला तुम्बापो सुब्बाको बायोपिक फिल्म हो । यस फिल्ममा एञ्जिलाको बाल्यकालदेखि खेल जीवनसम्मका संघर्ष र सफलताको कथा प्रस्तुत गरिएको छ ।
फिल्ममा मुख्य भूमिकामा एञ्जिला आफैँले अभिनय गरेकी छन् ।
चलचित्रको छायांकन एञ्जिलाको जन्मथलो इलामको आइतबारेसहित झापा र काठमाडौँमा गरिएको हो। प्रेमकुमार श्रेष्ठ निर्माता रहेको फिल्ममा एञ्जिलासहित सुनील थापा, दयाहाङ राई, विजय बराल, सिर्जना सुब्बा, माओत्से गुरुङ, बुद्धि तामाङको अभिनय छ ।
त्यसैगरी, एक्सन जनरामा निर्माण भएको ‘आउटलः दफा २१९’ सुशील श्रेष्ठ मुख्य भूमिकामा छन् । विक्की महर्जनको लेखन तथा निर्देशन रहेको फिल्मलाई अमित अग्रहरिले निर्माण गरेका हुन् ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
कविता : आगोको प्रश्न
कविता : सरकार मलाई पनि जलाएर मार !