नवलपुर : नेकपा माओवादी केन्द्रले ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’ फेरि सुरु गरेको छ।
माओवादी सचिवालयका अनुसार अभियानको लागि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरु सोमबार नवलपुरको गैडाकोट पुगेका छन्।
नयाँ वर्ष २०८२ सालको पहिलो दिनबाट अभियान फेरि सुभारम्भ गरिएको माओवादीले जनाएको छ । हुलाकी लोकमार्ग केन्द्रित अभियान लागि नवलपुर पुगेका प्रचण्डसहितका नेताहरुलाई गैंडाकोटका नेता कार्यकर्ताले स्वागत गरे। प्रचण्डलगायतका नेताहरू मंगलबारसम्म नवलपुरका जनतासँग रहनेछन्।
उक्त अभियान फागुन १२ गते झापाको कचनकवलबाट सुरु भएको थियो । यो अभियान सुदूरपश्चिमको कञ्चनपुर पुगेर टुंग्याइने छ । सोमबारबाट सुरु भएको अभियानमा पूर्वउपराष्ट्रपति समेत रहेका नन्दबहादुर पुन समेत जोडिएका छन्।
गत साता बसेको पदाधिकारी बैठकले पुनलाई उपाध्यक्षमा मनोनीत गरेको थियो । त्यसपछि उनी अभियानमा हिँड्न थालेका हुन्।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल