काठमाण्डौ । गायिका सारिका घिमिरेको ‘गुन भुल्यौ पित्तलको सुन पायौ होला’ बोलको गीतलाई युट्युवमा रिलिज भएको डेढ महिनामा एक करोड बढि पटक हेरिएको छ ।
गायिका सारिकाको मार्मिक शब्द चयन र कर्ण प्रिय स्वर स्रोता र दर्शकहरुले निकै रुचाएका हुन् ।
सारिकाको ‘गुन भुल्यौ’ एक महिनायता देश विदेशमा सबैभन्दा बढि सुनिने र हेरिने गीतमा दरिएको छ ।
यो समाचार तयार पारुञ्जेल युट्युवमा एक करोड दुई लाख १४ हजार पाँच सय ८८ पटक हेरिएको सारिकको गीतलाई लिएर सात हजार चार सय ३० जनाले कमेण्ट गरेका छन् ।
अधिकांशले गीत अत्यन्त मर्मस्पर्शी र कर्ण प्रिय भएको बताएका छन् । कतिपयले आफ्नो जीवनसंग मेल खाएको पनि लेखेका छन् । एक जना दर्शकले कमेण्टमा लेखेका छन्, सरल र हृदय छोइहाल्ने चोटिला शब्दहरू, सुन्दर सङ्गीत र बडो मिठो स्वर १ सललल बगेको सुमधुर सङ्गीत, आहा १ एउटा उत्कृष्ट र सम्पूर्ण गीत १
गायिक सारिकाले आफ्नो गीत मन पराएर युट्युवमा गीत हेर्ने र सुन्ने दर्शक र स्रोतालाई धन्यवाद दिदै खुशी व्यक्त गरेकी छन् ।
सारिकाको शब्द, संगीत र स्वर रहेको गुन भुल्यौ गीत जेठ १६ गते रिलिज भएको हो ।
प्रेम, बियोग र प्रेमिकाले दिएको धोकालाई सारिकाले गीतमा अत्यन्तै मर्मस्पर्शी शब्दहरु मार्फत व्यक्त गरेकी छन् ।






कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
कविता : आगोको प्रश्न
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
कविता : सरकार मलाई पनि जलाएर मार !
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग