काठमाडौँ । सिरहाको बरियारपट्टि गाउँपालिका वडा नम्बर ३ मा बसोबास गर्ने दलित बस्तीका विपन्नलाई लक्षित गरेर ग्यास सिलिण्डरसहितको चुलो वितरण गरिएको छ ।
वडाले एक लाख रुपैयाँ बजेट छुट्याएर विपन्नका लागि ग्यसा र चुल्हो बतिवरण गरिउको बताएको छ । चमार, डोम र साफी समुदायका १२६ घरलाई ग्यास चुलो, सिलिण्डर, पाइप र लाइटर प्रदान गरेको वडा वडाध्यक्ष विनोदकुमार यादव बताउँछन् ।
उनका अनुसार दैनिक ज्यालादारीमा गुजारा चलाउने दलित समुदायको चुलो धुँवामुक्त बनाउने उद्देश्यले यो कार्यक्रम ल्याइएको हो ।
चमार टोलकी विन्दादेवी रामले ग्यास चुलो पाएपछि जीवनमै ठूलो राहत मिलेको बताइन् । वडाध्यक्ष यादवका अनुसार आगामी आर्थिक वर्षमा पनि यो कार्यक्रमका लागि बजेट छुट्याइएको छ । उक्त बजेटबाट मण्डल र मुखिया परिवारलाई चुलो वितरण गरिनेछ ।
यसअघि वडा कार्यालयले मुसहर बस्तीका ९९ घरपरिवारलाई पनि चुलो वितरण गरिसकेको छ ।






हारपछि वडावडामा पुगे आले, मतदातालाई दिए धन्यवाद
गुल्मीमा दुई उम्मेदवारको मत शून्य
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
सुर्खेतमा १६ वर्षीय इनिसा विकको बलात्कारपछि हत्या, चारजना पक्राउ
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
धनुषा–१ मा घण्टीमा हालेको भोट बदर हुने
मातृका यादवलाई निर्वाचित घोषणा नगरेकोमा नेकपाको आपत्ति
धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
सर्लाही–४ मा गगन थापालाई हराउँदै अमरेश सिंह विजयी
मातृका यादवलाई निर्वाचित भएको प्रमाणपत्र प्रदान