कञ्चनपुर । कञ्चनपुरमा विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका छन् । जिल्लाको दोधारा चाँदनी नगरपालिका– ६ कालागड टोलमा भारतको नङ्ग्रा जङ्गलबाट ल्याएको विषालु च्याउ खाँदा एकै परिवारका पाँच जना बिरामी परेका हुन् ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार, जङ्गलबाट ल्याएको च्याउ खाँदा ६३ वर्षीया कालु सुनारसहित उहाँका नातिनीहरु १८ वर्षीया निशा सुनार, आठ वर्षीय मन्सु सुनार र नातिहरु १६ वर्षीय भीम सुनार, १२ वर्षीय वसन्त सुनार बिरामी भएका हुन् ।
सोमबार विषालु च्याउ खाँदा बिरामी भएका उनीहरूको दोधारा चाँदनी अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक एवम् प्रवक्ता सागर बोहराले बताए ।






कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन