काठमाडौं । लामो समयपछि मनसुन सक्रिय भएसँगै मधेश प्रदेशमा पनि वर्षा शुरू भएको छ । सोमबार रातिदेखि मधेशमा पानी पर्न थालेको मौसम विज्ञान विभागले जनाएको छ ।
यसअघि मधेश र कोशीमा मनसुनी प्रणाली फैलिन नसक्दा पर्याप्त वर्षा हुन सकेको थिएन । वर्षा नहुँदा कोशी र मधेशका सबै किसानले धान रोपाइँ गर्न पाएका छैनन् । अब भने मधेशमा लगातार वर्षा गराउने प्रणाली विकसित हुँदै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल बागमती प्रदेशका केही स्थानका साथै कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार आज देशका विभिन्न स्थानमा वर्षाको सम्भावना छ । दिउँसो कोशीका थोरै स्थानमा धेरै ठूलो पानी पर्ने सम्भावना छ । यसैगरी, मधेश, वाग्मती, गण्डकी र लुम्बिनीका एकरदुई स्थानमा समेत ठूलो पानी पर्ने सम्भावना छ ।
कोशीका तराई तथा मधेशका केही स्थानमा हावाहुरीको पनि सम्भावना छ ।
आज राति कोशी, मधेश र सुदूरपश्चिमका एकरदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
हाल देशभर मनसुनी वायुको प्रभाव छ। मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको महाशाखाले जनाएको छ ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट