धनगढी । बडीमालिका दर्शन गरेर नाटेश्वरी फर्किने क्रममा एकजना तीर्थयात्रीको भीरबाट लडेर मृत्यु भएको छ ।
मृत्यु हुनेमा गोकर्णेश्वर नगरपालिका– ५ काठमाडौँ बस्ने ५२ वर्षीय विप्लव ओझा रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरिक्षक इकवाल हवारीले जानकारी दिए । हवारीका अनुसार बडीमालिका दर्शन गरेर बिहीबार साँझ ७ बजे नाटेश्वरी आउने क्रममा बिस्नेपानीनजिकै भीरबाट लडेका ओझा खोल्सामा मृत भेटिएका हुन् ।
राति अबेर घटना घटेकाले खोल्सामा अड्किएको शव झिक्न नसकिएको हवारीले बताए । लगातार वर्षा भइरहेकाले शवलाई खोलाबाट माथि ल्याउन समस्या भएको छ ।
उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर ल्याउने तयारी गरिए पनि मौसम खराबीका कारण सम्भव नभएको प्रहरीले जनाएको छ ।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
जुम्लामा जातीय विभेदको आरोपमा कविता बुढा पक्राउ
समानुपातिक सांसदलाई गेटबाटै फर्काइपछि पार्वती विक आक्रोशित
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
इनिसा विककाे न्यायका लागि आन्दोलन चर्कियाे
बालेन सरकारविरुद्ध ओम प्रकाश पुनको कडा टिप्पणी