काठमाडौं : सुदूरपश्चिमकाे आवाज दबिँदा हामी धेरै पटक रोयौँ,
तर कसैले सुनेन।
तर त्यो मौनतामा अगाडि उभिने एउटा नाम छ-प्रेम आले।
सत्य बोल्दा घाटा हुन्छ भन्ने डर उनले कहिल्यै मानेनन्।
स्पष्ट कुरा राख्दा आलोचना आउँछ भन्ने थाहा हुँदाहुँदै पनि
उनी जनताको हकका लागि अडिग रहे।
सफा राजनीति सजिलो हुँदैन,
तर प्रेम आलेले सजिलो बाटो होइन-सही बाटो रोजे।
कैलाली-५ बाट चुनावी मैदानमा उभिएका उनी
कागजका सपना होइनन्,
माटोमा टेकिएका योजना बोकेर हिँडिरहेका नेता हुन्।
सडक नपुगेका बस्ती,
औषधि नपुगेका बिरामी,
अवसर नपुगेका युवाको पीडा
उनले नजिकबाट देखेका छन्, महसुस गरेका छन्।
हक्की स्वभावका प्रेम आले
सत्ताका गल्लीमा होइन,
जनताको आँगनमा चिनिएका नाम हुन्।
खुसीमा साथ दिने मात्र होइन,
दुःखमा ढाडस बन्ने नेता हुन् उनी।
जनजातिको छोरा भएर जन्मिएका आले
कुनै एक समुदायका मात्र होइनन्।
उनको संघर्ष सबैको हो,
उनको सपना सबैको हो
त्यसैले उनी सबैका प्रिय बनेका छन्।
झट्ट हेर्दा उनी कुनै फिल्मको हिरो जस्ता देखिन सक्छन्,
तर उनको कथा स्क्रिप्टले लेखेको होइन।
यो कथा पसिनाले लेखिएको हो,
संघर्षले लेखिएको हो,
जनताको विश्वासले लेखिएको हो।
उनी रिलका होइनन् रियल जनताका हिरो हुन्।
आज सुदूरपश्चिमलाई
बोल्न सक्ने, टक्कर दिन सक्ने,
र नडराई सदनमा आवाज उठाउन सक्ने प्रतिनिधि चाहिएको छ।
बोल्दा खरो देखिए पनि
उनको मन अत्यन्तै नरम छ,
व्यवहार सरल छ,
र नियत सफा छ।
विकास, न्याय र सुशासन
नारा मात्र भएर बस्न हुँदैन।
यी सपना साकार गर्न
प्रेम आलेको जित आवश्यक छ।
अब हाम्रो पालो आएको छ।
तारामा मतदान गरेर
त्यो आवाजलाई जिताऔँ
जुन सधैँ हाम्रो पक्षमा उभियो।
सुदूरपश्चिम रोएको धेरै भयो,
अब सुदूरपश्चिम बोल्नुपर्छ
र त्यो आवाज हो, प्रेम आले।







हारपछि वडावडामा पुगे आले, मतदातालाई दिए धन्यवाद
गुल्मीमा दुई उम्मेदवारको मत शून्य
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
सुर्खेतमा १६ वर्षीय इनिसा विकको बलात्कारपछि हत्या, चारजना पक्राउ
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
रास्वपाको लहर: अब सुरु भयो वास्तविक परीक्षा
‘प्रेम आलेलाई मतदाताले दिए जिताउने बचन’
कैलाली–५ मा ‘प्रेम आले’को बढ्दो चर्चा
‘व्यवस्था फेर्यौँ, अब अवस्था फेर्छौँ’: नेपाली कम्युनिष्ट पार्टी
इजरायली आक्रमणमा २४ विद्यार्थीको मृत्यु