धनगढी । नेपाली कम्युनिस्ट पार्टी भजनी नगर कमिटि सदस्य भिम चौधरीकाे निधन भएकाे छ ।
भजनी नगरपालिका–१ गौनियाका ४२ बर्षिय चौधरीको विहिवार (आज) कर्मदेव घाटमा अन्त्येष्टि गरिएको छ।
सो अवसरमा कैलाली निर्वाचन क्षेत्र नं. ३ का प्रतिनिधिसभा उम्मेदवार विरमान चौधरी सहभागी हुँदै दिवंगतप्रति पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली अर्पण गरेका छन्।
चुनावी घरदैलो भेटघाटलाई निरन्तरता दिँदै रहेका चौधरी दुःखद खबरपछि विहानै घर पुगेर मलामि बनि घाट पुगेका थिए। उनले दिवंगत भिम चौधरीको पार्थिव शरीरमा हसिया हथौडा अंकित पार्टीको झण्डा ओढाएर सम्मान व्यक्त गरे र मौन धारण गर्दै आत्माको चिरशान्तिको कामना गरे।
श्रद्धाञ्जली कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता, आफन्तजन तथा गाउँलेहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सो क्रममा चौधरीले भिम चौधरीको सामाजिक योगदान स्मरण गर्दै परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरे।
“भिम चौधरी कमरेडकाे निधनले परिवार मात्र होइन, हामी सबैलाई स्तब्ध बनाएको छ,” उनले भने, “दुःखको यस घडीमा परिवारसँगै उभिनु हाम्रो कर्तव्य हो। आवश्यक साथ–सहयोगका लागि म सधैं तत्पर रहनेछु।”
स्थानीयवासीहरूले पनि उम्मेदवार स्वयं उपस्थित भएर अन्तिम सम्मान प्रकट गरेकोमा आभार व्यक्त गरेका छन्। चुनावी अभियानका बीच मानवीय संवेदना प्रकट गर्दै दुःखमा साथ दिएको सन्देश यस घटनाले दिएको स्थानीयको भनाइ छ।






राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
जाँचबुझ आयोगको प्रतिवेदनमा के छ ?
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
कैलाली–५ का मतदातासँग प्रेम आलेको ‘भावनात्मक अपिल’
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन