धनगढी – प्राध्यापक डा. हेमराज पन्तको नागरिक अभिनन्दन गरिएको छ । कैलाली बहुमुखी क्याम्पसका पूर्वक्याम्पस प्रमुख तथा सुदूरपश्चिम विश्वविद्यालयका पूर्वरजिष्ट्रार रहेका डा. पन्तलाई शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्याएको भन्दै कैलालीको धनगढीमा नागरिक अभिनन्दन गरिएको छ । धनगढी उपमहानगरपालिकाको संयोजनमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
धनगढीको ट्राफिक चौराहाबाट बाजागाजासहित सुरु भएको र्याली पार्कमोडमा पुगेर अभिनन्दन समारोहमा परिणत भएको थियो । नागरिक अभिनन्दन मूल समारोह समितिका संयोजकसमेत रहेका धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले माला, खादा र अभिनन्दनपत्रसहित डा. पन्तलाई अभिनन्दन गरेका थिए ।
कार्यक्रममा मेयर गोपाल हमालले डा. पन्तले समाजलाई ठुलो योगदान पुगाएको बताउँदै उक्त योगदानलाई संस्थागत गर्नका लागि नागरिक अभिनन्दन गरिएको बताए । ‘यो सुरुवात मात्रै हो,’ उनले भने, ‘समाजमा योगदान गर्नेलाई प्रेरित गर्न आवश्यक छ । सोहीअन्तर्गत अन्य क्षेत्रमा योगदान पुगाएका व्यक्तिको पनि सम्मान गर्न आवश्यक छ ।’ हमालले धनगढी उपमहानगरले बनाएको कक्षा सातको पाठ्यक्रममा डा. पन्तको जिवनी पनि समेटिएको बताए । नागरिक अभिनन्दनपछि डा. पन्तले आफ्नो बाँकी जीवन पनि धनगढीबासीकै हितका लागि बिताउने बताए ।
को हुन् पन्त ?
धनगढीलाई कर्मथलो बनाएका पन्तको २०११ साल फागुन २१ गते डोटीको सिलगढीमा जन्म भएको थियो । पन्तकाे पुर्खेउली घर भने डोटीकै उच्चाकोट हो । प्रारम्भिक शिक्षा डडेल्धुरामा पूरा गरेका उनले उच्चाकोटकै सीताराम विद्यालयबाट कक्षा ८ पास गरेका थिए । उनले तत्कालिन दरवार हाइस्कुलबाट २०२८ सालमा एसएलसी गरेका थिए। २०३१ सालमा त्रिचन्द्र कलेजबाट आइकम गरेका डा. पन्तले शंकरदेव क्याम्पसबाट बीकम गरेका थिए । २०३७ सालमा त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरको पढाई पूरा गरे ।
उनले ०३७ साल माघ १ गतेदेखि कैलाली बाणिज्य क्याम्पसमा पढाउन सुरु गरेका थिए । पछि कैलाली बाणिज्य क्याम्पसको नाम परिवर्तन भएर कैलाली बहुमुखी क्याम्पस भयो । पन्तले कुमाउ विश्वविद्यालयबाट २०४५ सालमा विद्यावारिधी गरेका थिए । विद्यावारिधी गरेकै वर्ष २०४५ सालमा उनी क्याम्पस प्रमुख भएका थिए । त्यसैदिनदेखि उनी चिफ सरका नामबाट परिचित भएका थिए ।
२०६६ सम्मसम्म क्याम्पस प्रमुख रहेका उनी २०६८ सालमा सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका रजिष्ट्रार नियुक्त भए । चार वर्षे कार्यकाल पूरा गरेपछि २०७२ सालमा त्यहाँबाट बिदा भएका उनले थप दुई वर्ष कैलाली क्याम्पसमा पढाएका थिए । ०७४ सालमा सेवा रिटायर्ड भएका थिए ।






गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’