काठमाडौं । महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिरमा पूजाआजा र दर्शन गर्न जाने भक्तजनका लागि रुटको व्यवस्था गरिएको छ । मन्दिरमा दर्शन गर्न जानेहरूका लागि प्रहरीले सुरक्षा र यातायात व्यवस्था मिलाएको छ ।
काठमाडौँंउपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार, दर्शनार्थीका लागि निश्चित ठाउँमा पार्किङ तोकिएको छ । दर्शनार्थीको भिडले गौशाला क्षेत्र भई चक्रपथमा चल्ने सवारी साधन सञ्चालन गर्न अवस्था नआएपछि रुटको व्यवस्था गरिएको हो ।
पार्किङको व्यवस्था यसरी मिलाइएको छ ।
१. सिफल चौरमा दर्शानार्थीको सवारी, पास वाहक सवारी साधन, सुरक्षाकर्मीका सवारी साधन ।
२. गुहेश्वरी पारी तिर्थयात्री, दर्शानार्थीहरुको सवारी साधन ।
३. पशुपति विकास कोषको कार्यालय र भण्डारखालमा सवारी पासवाहक सवारी साधन ।
४. तिलगंगा आँखा अस्पताल र करिडोरमा तिर्थयात्री, दर्शानार्थी र पर्यटकका सवारी साधन ।
५. वनकाली क्षेत्रमा शिविर सञ्चालन गर्ने संघ संस्था, दमकल, एम्बुलेन्स, खानेपानी र सुरक्षाकर्मीका सवारी साधन ।
६. प्रहरी वृत्त गौशालामा पासवाहक सवारी साधन र सरकारी सवारी साधन ।
चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा सवारी साधन चलाउने व्यवस्था मिलाइए पनि भिडभाड अत्यधिक हुँदा सवारी आवागमनमा समस्या भएपछि डाईभर्सन गरी वैकल्पिक मार्गबाट सवारी साधन सञ्चालनको व्यवस्था मिलाइएको छ ।
तीनकुनेबाट सिनामङ्गल, बौद्ध एरियाबाट गौरीघाट, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क आउने सम्पूर्ण मालबाहक सवारी साधन आवश्यकताअनुसार निषेध गरिएको छ ।
बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारी साधनलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न नसक्ने अवस्था भए चाबहिलबाट गौशाला, पुरानो बानेश्वरबाट गौशाला, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशाला, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित