धनगढी : कैलालीको कैलारी गाउँपालिका–५ स्थित ईलाका प्रहरी कार्यालय हसुलिया नजिकै आज भर्खरै भएको सवारी दुर्घटनामा एक युवतीको ज्यान गएको छ।
प्राप्त विवरणअनुसार, कैलारी–७ का वडा अध्यक्ष दिपेन्द्र बमले चलाएको भे १ च ४२७५ नं काे हाईलेक्स गाडीले मोटरसाइकललाई ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएकी मोटरसाइकल चालक बड्की पलिया निवासी ईप्सा चौधरीको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनापछि घाइतेलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले उनलाई बचाउन नसकेको स्रोतले बताएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र सवारी साधन तथा चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुर्घटनापछि हाईलेक्स गाडि र माेटरसाईक पूर्ण रुपमा क्षति भएकाे बताएको छ । स्थानीयवासी घटनास्थलमा भिड लागेपछि अवस्था सामान्य बनाउन पहल गरिरहेको छ।






प्रकृतिको आराधनासँगै उभौली समापन
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
हावाहुरीले विद्यालयमा क्षति
गणेश पराजुलीले बोलेको रेकर्डबाट हटाइयो
प्रधानमन्त्री बालेनलाई कांग्रेसको अल्टिमेटम
बाँकेका ५ बिद्यालयमा जलबायु सचेतना कार्यक्रम
बालेनलाई सिके राउतको चेतावनी
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित