गगनलक्षित रविको व्यंग्य- २० वर्ष सांसद भएपछि बल्ल बाटो बनाउन कानुन फेर्ने ज्ञान आयो


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले मुलुकमा अब विकास निर्माणको युग सुरु भएको दाबी गरेका छन् यस्तो बताएका हुन् ।

केहीदिनअघि रास्वपा वरिष्ठ नेता बालेन्द्र शाह(बालेन)को अभिव्यक्तिको प्रतिरक्षा गर्दै सभापति लामिछानेले निर्माण व्यवसायी आत्तिन नपर्ने भन्दै टिप्पणी पनि गरेका छन् ।

‘निर्माण व्यवसायीहरू आत्तिनुपर्दैन् । अब देश विकास निर्माणको बाटोमा अगाडि बढ्यो,’ सभापति लामिछानेले भने, ‘बाँध्ने भनेको कानुनले बाँध्ने भनेको हो, डोरीले बाँध्ने भनेको होइन । कानुनअनुसार काम गरे कसैले केही गर्दैन ।’

धनगढीको चुनावी सभामा बालेनले सडक बनाउन ढिलासुस्ती गर्नेलाई रुखमा बाँधेर हुन्छ कि, थुनेर हुन्छ छिटो बनाउन लगाउने भनेका थिए ।

यस्तै सभापति लामिछानेले कांग्रेस सभापति गगन थापालाई लक्ष्य गर्दै २० वर्ष सांसद भएको मान्छेलाई बल्ल ज्ञान आएको भन्दै टिप्पणी गरे । ‘२०-२० वर्ष सांसद र मन्त्री भएपछि बल्ल बाटोघाटो बनाउन १२–१५ वटा कानुन फेर्नुपर्छ भन्ने ज्ञान आयो तपाईँहरूलाई । बल्ल ज्ञान आयो । तपाईँको ज्ञान तपाईँसँगै राख्नुहोला,’ लामिछानेले भने ।

यस्तै उनले विकास निर्माणका काममा दुई देखि ती सिफ्टमा काम हुने बताए । ‘म निर्माण व्यवसायी साथीहरूलाई भन्न चाहन्छु–हुन सकेसम्म दुई सिफ्ट, तीन सिफ्टमा काम हुन्छ । रातरात काम हुन्छ,’ उनले भने, ‘तपाईँसँग भएका उपकरण पर्याप्त छैनन् होला । विज्ञप्ति निकाल्नुपर्दैन, केके उपकरण ल्याउने हो, कसरी ल्याउनुपर्ने हो ल्याउनुस् । अब नेपाल विकास निर्माणको बाटोमा जान्छ, कसैले छेक्न सक्दैन ।’


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ