काठमाडौं । एक सातामै चाँदीको भाउ १७ प्रतिशत बढेको छ । गत बुधबार प्रतितोला ४ हजार ८८० रुपैयाँ रहेको चाँदी आज ५ हजार ७१५ रुपैयाँ पुगेको छ ।
अघिल्लो दिनको तुलनामा आज चाँदी तोलामा १३० रुपैयाँ बढेको हो । अघिल्लो दिन ५ हजार ५८५ रुपैयाँमा चाँदीको कारोबार भएको थियो ।
सुनको भाउ आज स्थिर रहे पनि विगत एक सातामा ४।७ प्रतिशत बढेको छ । गत बुधबार प्रतितोला ३ लाख ४ सय रुपैयाँमा कारोबार भएको सुन आज ३ लाख १४ हजार ८ सय रुपैयाँ छ । अघिल्लो दिन पनि यही मूल्यमा कारोबार भएको थियो ।
माघ १५ गते हालसम्मकै उच्च प्रतितोला ३ लाख ३९ हजार रुपैयाँ पुगेको सुन त्यसयता केही घटेको थियो ।






डा.जितेन्द्र परियार र संगिता रामलाई सम्मान
कानुन बुझ्दै, अधिकार खोज्दै मुक्त हरवा–चरवा समुदाय
नेपाल बाल संगठनबाट २० बालबालिकाको उद्धार
चार वर्षपछि पनि हरवाचरवाको मुक्ति अधुरै
लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण