अमेरिका र इजराइलको संयुक्त हमलामा इरानका रक्षामन्त्री र सेना प्रमुख पनि मारिएको पुष्टि


अमेरिका र इजराइलको संयुक्त हमलामा इरानका रक्षामन्त्री र इरानको सरकारी सेना आर्तेसका प्रमुख मारिएको पुष्टि भएको छ ।

शनिबार बिहानको आक्रमणमा रक्षामन्त्री अजिज नासिरजादेह र सरकारी सेनाका प्रमुख लेफ्टिनेन्ट जनरल अब्दुलरहिम मौसावीको मृत्यु भएको आइतबार इरानको अर्धसरकारी समाचार एजेन्सी तस्निमले पुष्टि गरेको हो ।

लेफ्टिनेन्ट जनरल मौसावी गत वर्ष जुनमा सशस्त्र बल प्रमुख नियुक्त भएका थिए । त्यतिबेला इजराइलले गरेको हमलामा तत्कालीन सेना प्रमुखको मृत्यु भएपछि खामेनीले मौसावीलाई प्रमुख नियुक्त गरेका थिए ।

शनिबारकै हमलामा इरानको इस्लामिक रिभोलुसनरी गार्ड्स कोर (आइआरजिसी)का प्रमुख मेजर जनरल मोहम्मद पाकपुर र रक्षा मन्त्रालयका सल्लाहकार सचिव अली शमखानीको मृत्यु भएको पुष्टि भइसकेको छ।

आईआरजीसी इरानको सबैभन्दा शक्तिशाली सुरक्षा संरचनामध्ये एक मानिन्छ।

शनिबारको हमलामा इरानको सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको पनि मृत्यु भएको छ। शनिबार नै उनको मृत्यु भए पनि त्यसको पुष्टि भने आइतबार मात्रै भएको थियो।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ