धनगढी । आगामी प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा कैलाली निर्वाचन क्षेत्र नम्बर–५ मा प्रेमबहादुर आले प्रति मतदाताको समर्थन उल्लेख्य रूपमा बढ्दै गएको देखिएको छ।
घरदैलो भेटघाट, टोलसभा र जनसंवाद कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवाद गरिरहेका आलेले स्थानीयको मन जित्दै अघि बढिरहेको उनका समर्थकहरू बताउँछन्।
धनगढी उपमहानगरपालिकाका विभिन्न वडा तथा ग्रामीण भेगमा पुगेका आलेलाई मतदाताले उत्साहका साथ स्वागत गरिरहेका छन्। विकास निर्माण, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्य सुधार तथा आधारभूत पूर्वाधार विस्तारका विषयमा उनले आफ्नो प्रतिबद्धता दोहोर्याउँदै आएका छन्।
घरदैलोका क्रममा स्थानीयले खानेपानी, सडक स्तरोन्नति, सिँचाइ र युवालाई रोजगारीको अवसर उपलब्ध गराउने विषयलाई प्राथमिकतामा राख्न आग्रह गरेका छन्।
त्यसप्रति सकारात्मक प्रतिक्रिया दिँदै आलेले “जनताको अपेक्षा नै मेरो एजेन्डा हो, कैलाली–५ को समग्र विकासका लागि स्पष्ट योजना सहित आएको छु,” भन्ने गरेका छन्।
उनको चुनावी अभियानमा युवादेखि जेष्ठ नागरिकसम्मको सहभागिता उल्लेख्य देखिएको छ। टोल–टोलमा भइरहेका साना कोणसभा तथा अन्तरक्रियामा स्थानीयको उपस्थिति बाक्लो हुने गरेको अभियान टोलीले जनाएको छ।
मतदान मिति नजिकिँदै जाँदा कैलाली–५ मा चुनावी माहोल थप तातेको छ। प्रतिस्पर्धी उम्मेदवारहरू आ–आफ्नो अभियानमा सक्रिय भए पनि आलेप्रति देखिएको जनलहरले यसपटकको परिणाम रोचक बन्ने आँकलन गरिएको छ।






राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
जाँचबुझ आयोगको प्रतिवेदनमा के छ ?
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
कैलाली–५ का मतदातासँग प्रेम आलेको ‘भावनात्मक अपिल’
गदरियाकाे जनलहरले प्रेम आले उत्साहित
कैलारीको गदरियामा प्रेम आलेको समर्थनमा विशाल जनप्रदर्शन