जनकपुर । निर्वाचन आयोगले धनुषा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार किशोरी साहको उम्मेदवारी खारेज गरेसँगै उक्त क्षेत्रमा घण्टी चुनाव चिह्नमा हालिएको मत बदर हुने भएको छ।
मतदान हुन दुई दिन बाँकी रहँदा आयोगले मंगलबार साहको उम्मेदवारी रद्द गरेको हो।
आयोगका अनुसार बैंक तथा वित्तीय संस्थाको कालोसूचीमा रहेको पाइएपछि प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १३ (ज) बमोजिम उनी उम्मेदवार हुन अयोग्य ठहरिएका हुन् । निर्वाचन आयोग ऐन, २०७३ को दफा ९ (२०) अनुसार उम्मेदवारी खारेज गरिएको आयोगले जनाएको छ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले उम्मेदवार रद्द हुनुको अर्थ उक्त क्षेत्रमा सम्बन्धित दलले उम्मेदवारी नदिएको सरह हुने बताए । “उम्मेदवार नभएको चिन्हमा कसैले मत हाल्यो भने त्यो स्वतः बदर हुन्छ,” उनले स्पष्ट पारे ।
मतपत्रमा घण्टी चुनाव चिह्न मतपत्रमा यथावत् रहने भएपनि त्यसमा परेको मत गणना हुँदैन।
सबैभन्दा बढी मत नै घण्टीमा परेपनि ती मत बदर हुने र दोस्रो बढि मतम पाउने उम्मेदवार विजयी हुने आयोगले जनाएको छ । आयोगले मौन अवधिमै उम्मेदवारी खारेज गरेपछि रास्वपा पंक्तिमा भने असन्तोष देखिएको छ।
आयोगले भने उजुरी परेपछि छानबिन प्रक्रिया पूरा गरेर निर्णय गरिएको जनाएको छ। निर्णयबारे सम्बन्धित उम्मेदवारलाई पत्रमार्फत जानकारी गराइसकिएको आयोगले बताएको छ।
कर्जा सूचना केन्द्रको अभिलेखअनुसार साह २०८० वैशाखदेखि कालोसूचीमा रहेका छन् । उनीमाथि चेक बाउन्स र बहुकरोडीय निर्माण आयोजना अलपत्र पारेको आरोपसमेत लाग्दै आएको छ। यसअघि एमाले र जनमत पार्टी हुँदै रास्वपामा प्रवेश गरेका साहले प्रवेशकै दिन टिकट पाएका थिए।
साहको उम्मेदवारी खारेज भएसँगै धनुषा–१ मा अब एमाले, कांग्रेस, नेकपा, राप्रपा र जसपाबीच प्रत्यक्ष प्रतिस्पर्धा हुने भएको छ। क्षेत्रमा एमालेबाट रामचन्द्र मण्डल, कांग्रेसबाट रामपलटन साह, नेकपाबाट मातृकाप्रसाद यादव, जसपाबाट दीपक कार्की र जनमतबाट ब्रह्मदेव महतो उम्मेदवार छन्।
रास्वपाका समर्थकले भने सो क्षेत्रमा प्रत्यक्षतर्फ अन्य दलका उम्मेदवार रोज्नुपर्ने वा मत नहाल्ने विकल्प रोज्नुपर्ने अवस्था सिर्जना भएको छ।






धनुषा–१ मा विजयी उम्मेदवारलाई प्रमाणपत्र नदिएको भन्दै नेकपाको आपत्ति
राष्ट्रियसभाका नवनिर्वाचित सदस्यको शपथ आज
रोल्पामा समानुपातिकमा नेकपा पहिलाे
हर्कको श्रम संस्कृति पार्टीले कटायो थ्रेसहोल्ड
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्दै
धनुषा–१ मा घण्टीमा हालेको भोट बदर हुने
सर्लाही–४ मा गगन थापालाई हराउँदै अमरेश सिंह विजयी