काठमाडौं : कैलाली- ५ का उम्मेदवार नेकपाका नेता प्रेमबहादुर आलेले आफ्नो चुनावी खर्च सार्वजनिक गरेका छन् ।
बुधबार सार्वजनिक गरेको निर्वाचन खर्च विवरणमा उनले २१ लाख खर्च गरेका छन् ।
उनले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७२ तथा निर्वाचन आयोगद्वारा स्वीकृत आचारसंहिता बमोजिम निर्वाचन खर्च गरेका छन् ।
निर्वाचन क्षेत्र वडा कार्यालय सञ्चालनमा ४ लाख २० हजार,प्रचारप्रसार सामग्री छपाई व्यानर आदिमा ४ लाख,सावरी साधान/इन्धन खर्चमा ४ लाख,मतदाता प्रशिक्षण कार्यक्रमकाे खाजा खर्च ८४ जनाकाे लागि २ लाख १० हजार,नमूना मतपत्र छपाइमा १ लाख १० हजार खर्च गरेको विवरण पेस गरेका छन् ।
त्यस्तै समाजिक सञ्जाल तथा सञ्चारमा १ लाख ५० हजार,गोष्ठि भेलामा १ लाख ५० हजार,स्टेशनरी लगायत अन्य खर्चमा ८० हजार,मनोनयन दर्तामा १० हजार र विविध शीर्षकमा १ लाख ७० हजार खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।







गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
गणेश नेपालीकाे आत्मदाह प्रयासप्रति स्वतन्त्र दलित नागरिक समाजकाे ध्यानाकर्षण
कृषि स्नातकको भविष्यबारे सरकारलाई सुनिता न्हेमाफुकीकाे प्रश्न, नीतिगत सुधारको माग
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’