धनगढी : कैलाली–५ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा पूर्वमन्त्री प्रेमबहादुर आलेले निर्वाचनमा पराजित भए पनि आफूले हार नखाएको बताएका छन्।
निर्वाचनपछि मतदातालाई धन्यवाद दिने अभियानअन्तर्गत विभिन्न वडामा पुगेर मतदातासँग भेटघाट गर्दै उनले लोकतन्त्रमा जित–हार स्वाभाविक प्रक्रिया भएको उल्लेख गरे।

मतदाता, चुनावी अभियानमा खटिएका निर्वाचन परिचालन वडा कमिटीका नेता तथा कार्यकर्तालाई धन्यवाद दिँदै उनले आगामी दिनमा पनि जनताकै बीचमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।
“चुनाव हारेँ होला, तर जनताको साथ र विश्वासका कारण मैले हार खाएको छैन। जनताको सेवामा निरन्तर लागिरहनेछु,” उनले भने।
आलेले चुनावी अभियानका क्रममा घरदैलो कार्यक्रम, सभा तथा संगठन परिचालनमा सक्रिय रूपमा खटिएका सम्पूर्ण नेता–कार्यकर्ताप्रति आभार व्यक्त गरेका छन्।

आले यसअघि नेपाल सरकारमा वन तथा वातावरण मन्त्री र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता हुन्। मन्त्रीका रूपमा उनले धेरै लाेकप्रिय काम गरेका थिए ।

यसअघि डाेटीबाट तीन पटक निर्वाचित भएर धेरै विकास निर्माणका काम गरेर विकासबादी नेताकाे छबि बनाएका पूर्वमन्त्री आले एस पटक कारणबस पराजित भयपनि सक्रिय राजनीतिमा रहँदै कैलाली-५ क्षेत्रका जनतासँग निरन्तर सम्पर्कमा रहने बताए ।
कैलाली–५ मा यसपटकको निर्वाचन प्रतिस्पर्धात्मक बनेको थियो। रास्वपाका आनन्द बहादुर चन्द विजयी भएका हुन ।






मुगुमा आयुर्वेद उपचारप्रति बढ्दो विश्वास
इनिसा विककाे न्यायका लागि प्रवासी नेपालीले बुझाए ज्ञापनपत्र
इनिसा विक हत्या प्रकरण : सिआइबीकाे अनुसन्धान अन्तिम चरणमा
कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै जनकपुरमा धर्ना
बालेन नेतृत्वको सरकार गठन अन्तिम चरणमा
विश्वस्तरीय कृषि सञ्जालमा सुनिता न्हेमाफुकि चयन
प्रेम आलेलाइ धनगढीका बासिन्दा भन्छन् : ‘हाम्रो नेता तपाईंनै हाे’
धनगढीमा मनाइयो मगर विद्यार्थी संघको ३१ औं स्थापना दिवस
समानुपातिक सांसदमा मधेशी दलितको प्रतिनिधित्व शून्य