‘प्रेम आलेकाे वाचा : म सधैं तपाईंहरुको सेवामा रहनेछु’


धनगढी : प्रतिनिधि सभा निर्वाचनमा पराजित भएका नेकपाका नेता एवं कैलाली क्षेत्र नम्बर ५ का उम्मेदवार प्रेमबहादुर आलेले चुनावी नतिजा जस्तो आए पनि आफू सधैं जनताको सुख-दुःखमा साथ रहने बताए ।

निर्वाचन सम्पन्न भए पश्चात् मतदाताहरूलाई धन्यवाद दिन धनगढी उपमहानगरपालिका–१७ का डमौलिया, धुर्जन्ना र सुकुम्वासी शिविर पुगेका आलेसँग स्थानीयले स्थानीय सरकारकाे वेवास्ताका कारण आफूहरू विकासबाट पछि परेको भन्दै गुनासो पोखेका छन्।​

मतदाताहरुलाइ धन्यवाद दिन पुगेका नेता आलेलाई स्थानीय बासिन्दाहरूले धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालको कार्यशैलीप्रति तीव्र असन्तुष्टि व्यक्त गरे।

यसै क्षेत्रका जनताले भोट हालेर जिताए पनि मेयरले आफ्नो क्षेत्रको विकासमा बेवास्ता गरेको उनीहरूको आरोप छ।

पक्की पुलको अभावले खोलामा पुल नहुँदा आवतजावतमा निकै सास्ती खेप्नु परेको,धुलाम्मे सडकले स्वास्थ्य र यातायातमा समस्या,बर्षायाममा आउने बाढीले बर्सेनि बस्ती नै जोखिममा पर्ने गरेको गुनासाे पाेखे ।

मौन अवधिमा चलखेल भयो : आले
​मतदातालाई सम्बोधन गर्दै नेता आलेले आफूलाई जिताउन स्थानीयले देखाएको माया र विश्वासप्रति आभार प्रकट गरे।

सो क्रममा उहाँले निर्वाचनको अन्तिम समयमा भएको आर्थिक चलखेलका कारण आफ्नो हार भएको दाबी गरे।

“तपाईंहरूले मलाई माया गरेर जिताउन खोज्दाखोज्दै पनि दुई दिनको मौन अवधिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारले रातारात पैसा बाँडेर चुनाव जिते,” आलेले भन्नुभयो, “हार-जित प्राविधिक कुरा हो, तर म तपाईंहरूको सेवक भएर सधैं यहीँ रहनेछु।”

आलेले आफू पदमा नरहे पनि यस क्षेत्रको विकास निर्माण, पुल पुलेसा र सडक विस्तारका लागि निरन्तर पहल गरिरहने प्रतिबद्धता समेत जनाए ।

भिडिओ :

 

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ