काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई औपचारिक बधाई तथा शुभकामना सन्देश पठाएको छ।
रास्वपाका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै सीपीसीबाट शुभकामनापत्र प्राप्त भएको जानकारी दिएका हुन्।
पत्रमा दुई राजनीतिक शक्तिबीच बढ्दो संवाद र सहकार्यप्रति सन्तोष व्यक्त गरिएको तथा आगामी दिनमा सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरिएको जनाइएको छ।
रास्वपाका अनुसार प्राप्त सन्देशमा नेपाल–चीनबीचको राजनीतिक आपसी विश्वास सुदृढ गर्दै दुवै देश र जनताको हितका लागि ‘साझा भविष्यसहितको समुदाय’ निर्माण गर्ने प्रतिबद्धता दोहोर्याइएको छ।
साथै पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह को नेतृत्वदायी भूमिकाको प्रशंसा गरिएको उल्लेख छ। उनीहरूको नेतृत्वमा नेपाल–चीन परम्परागत मैत्रीपूर्ण सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन योगदान पुग्ने विश्वास व्यक्त गरिएको विज्ञप्तिमा उल्लेख छ।
सीपीसीले विभिन्न क्षेत्रमा अनुभव आदानप्रदान, आपसी सिकाइ तथा द्विपक्षीय सम्बन्धको स्थिर विकासका लागि सहकार्य विस्तार गर्न तत्परता जनाएको पनि रास्वपाले जनाएको छ।
रास्वपाले भने नेपालको स्वतन्त्र परराष्ट्र नीति तथा पञ्चशीलको सिद्धान्तमा अडिग रहँदै छिमेकी मुलुकहरूसँग सन्तुलित र सम्मानजनक सम्बन्ध कायम राख्ने आफ्नो प्रतिबद्धता दोहोर्याएको छ।
सीपीसीबाट प्राप्त शुभेच्छा र ऐक्यबद्धताका लागि पार्टीले धन्यवाद ज्ञापन गरेको छ।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
जुम्लामा जातीय विभेदको आरोपमा कविता बुढा पक्राउ
समानुपातिक सांसदलाई गेटबाटै फर्काइपछि पार्वती विक आक्रोशित
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
इनिसा विककाे न्यायका लागि आन्दोलन चर्कियाे