बारा-बाराको एक सुधार केन्द्रमा रहेका युवकको हत्या भएको छ ।
शुक्रबार बिहान २ बजे कलैया उपमहानगरपालिका–१ भवानिपुरमा रहेको नवजन्म सुधार केन्द्रमा कलैया रामपुर टोलका ३७ वर्षीय धिरेन्द्र भन्ने प्रदीपप्रसाद मण्डलको हत्या भएको प्रहरीले जनाएको छ ।
केन्द्रमा विवाद हुँदा मण्डलमाथि कुटपिट भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सन्तोष तामाङले बताए ।
उनका अनुसार मण्डल विगत १५ दिनदेखि उक्त सुधार केन्द्रमा बस्दै आएका थिए । राति कुटपिटबाट घाइते भएका उनलाई प्रादेशिक अस्पताल कलैयामा लगिएकोमा चिकित्सकले मृत घोषणा गरेको एसपी तामाङले बताए ।
प्रहरीले प्रारम्भिक अनुसन्धानका लागि ७ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा कलैयाका सरफराज मन्सुरी, निरज सर्राफ, महमद आशु मियाँ शेख, अरुण सर्राफ, प्रमेश्वर साह, तमन्ना अली र सागर गुप्ता छन् ।






आईसीसी टी–२० विश्वकपः नेपालले इटालीको सामना गर्दै
इन्टरपोलको समन्वयमा अपराध गरेर विदेश भागेका १० जनालाई स्वदेश ल्याइयो
स्वास्थ्य बीमामा बिमितिले पाउँदै आएको एक लाखको सुविधा यथावत्
‘प्रेम आले’ दु:खमा साथ दिने नेता हुन्
विकास र परिवर्तनको एजेन्डासहित घरदैलोमा वीरमान चौधरी