काठमाडौं । लाेकप्रिय गायक शिव परियारले गौरीबहादुर कार्की आयोगको प्रतिवेदनमा आफूलाई ‘सामाजिक सञ्जालमा भ्रामक प्रचार गर्ने व्यक्ति’को रूपमा उल्लेख गरिएकोप्रति आपत्ति जनाउँदै औपचारिक स्पष्टीकरण दिएका छन्।
परियारले सोमबार विहानै जारी गरेको प्रेस विज्ञप्तिमा उक्त आरोप वास्तविकतामा आधारित नभएको दाबी गर्दै नेपाल सरकारसँग पुनर्विचारको माग गरेका छन्।
उनले आफूले भाद्र २४ गते फेसबुकमा लेखेको पोस्ट कुनै भ्रामक सूचना फैलाउने उद्देश्यले नभई, सामाजिक सञ्जालमा फैलिएको खबरको सत्यता बुझ्न राखिएको जिज्ञासामूलक प्रश्न मात्र भएको स्पष्ट पारे।
उनका अनुसार, जेन–जी आन्दोलनका क्रममा भाद्र २३ गते उत्पन्न भएको संवेदनशील परिस्थितिमा “३२ जना संसद भवनभित्र मृत फेला” भन्ने खबर बारम्बार देखेपछि उनले “के यो सत्य हो?” भन्दै प्रश्न गरेका थिए। पछि सो खबर गलत रहेको प्रतिक्रिया प्राप्त भएपछि उनले उक्त पोस्ट हटाएको बताएका छन्।
तर त्यसपछि केही फेसबुक पेज, समूह तथा अनलाइन सञ्चारमाध्यमहरूले उनको पोस्टको आशय नबुझी विकृत रूपमा प्रस्तुत गर्दै आफूलाई ‘भ्रम फैलाउने’ व्यक्तिका रूपमा चित्रण गरेको उनले आरोप लगाए। त्यही आधारमा आयोगको प्रतिवेदनमा आफ्नो नाम समावेश गरिएकोप्रति उनले गम्भीर असन्तुष्टि जनाएका छन्।
परियारले उक्त आरोपले आफ्नो संवैधानिक अधिकार, व्यक्तिगत प्रतिष्ठा तथा कलाकारको छविमा नकारात्मक असर परेको उल्लेख गर्दै सम्बन्धित निकायलाई निष्पक्ष पुनर्मूल्याङ्कन गर्न आग्रह गरेका छन्। आवश्यक परे आफू अनुसन्धानमा पूर्ण सहयोग गर्न तयार रहेको उनले बताएका छन्।
विज्ञप्तिको अन्त्यमा उनले दर्शक तथा श्रोताप्रति धन्यवाद व्यक्त गर्दै भ्रामक सूचनाप्रति सजग रहन सबैलाई अपिल गरेका छन्।
यस्ताे थियाे उनकाे पाेष्ट







पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
२८ दिनपछि इनिसा विकको दाहसंस्कार गरिदैँ
इजरायली विभेदकारी कानूनविरुद्ध सहयात्रा अन्तर्राष्ट्रिय एलायन्सको आपत्ति
पहाडी तथा हिमाली क्षेत्रमा वर्षा र हिमपातको सम्भावना
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
गायक शिव परियारको स्पष्टीकरण: ‘भ्रामक प्रचार’ आरोप अस्वीकार
राजकुमार विकको ‘सह–अस्तित्व’ एकल चित्रकला प्रदर्शनी