वासिङ्टन डिसी । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको एउटा यान सूर्यलाई अहिलेसम्मकै निकटबाट नियाल्ने कोसिसमा छ । पार्कर सोलार प्रोब सूर्यको बाहिरी वातावरणमा पुग्ने कोसिसमा रहेको समाचारमा उल्लेख छ ।
सूर्यको निकटमा तापक्रम र रेडिएसन उच्च हुने भएकोले कयौँ दिनसम्म यान सम्पर्कविहीन रहनेछ । यान सूर्यको निकटमा पुगेर जोगियो कि जोगिएन भन्ने सङ्केतका लागि वैज्ञानिकहरूले डिसेम्बर २७ सम्म कुरिरहेका छन् । सूर्यले कसरी काम गर्छ भन्ने कुरा प्रोबले अझ राम्ररी बुझाउने आशा गरिएको छ ।
हालसम्म मानिसहरूले सूर्यको अध्ययन टाढैबाट यसलाई हेरेर गरेका थिए । तर कुनै पनि ठाउँमा नगईकन त्यहाँको वातावरण थाहा नहुने भएकोले सूर्यको निकट पुग्ने प्रयास गरिएको नासाका एक वैज्ञानिक डा। निकोला फक्सले बीबीसी न्यूजलाई बताएका छन् । पार्कर सोलार प्रोब सन् २०१८ मा लञ्च भएको थियो । यो हाम्रो सौर्य प्रणालीको केन्द्रतिर गइरहेको छ । यसले २१ पटक सूर्यको परिक्रमा गरिसकेको छ ।
तर क्रिसमसको पूर्व सन्ध्यामा यो सूर्यको अहिलेसम्मकै निकटमा पुग्ने बताइएको छ । यति बेला प्रोब सूर्यको सतहबाट ३८ लाख माइल पर हुनेछ । यति लामो दूरीलाई पनि निकट भन्नु र रु भन्ने प्रश्न तपाईंको मनमा आएको हुन सक्छ । तर सूर्य हामीबाट ९ करोड ३० लाख माइल पर रहेको अनि सूर्य र पृथ्वीको दूरीलाई एक मिटर पर मान्दा पार्कर सोला प्रोब सूर्यबाट चार सेमी पर हुने भन्दै फक्सले स्थितिलाई बुझाउने खोजेका छन् ।
सूर्यको निकटमा पुग्दा प्रोबले १ हजार ४०० डिग्री सेल्सियसको तापमान सहनु पर्नेछ । यसले यानभित्रको इलेकट्रोनिक्सलाई पगाल्न पनि सक्छ । तातोबाट बचाउन यसलाई ११ दशमलव ५ सेमी बाक्लो कार्बन कम्पोजिटले बेरिएको छ । यो प्रतिघण्टा ४ लाख ३० हजार माइलका दरले कुदिरहेको छ । यो भनेको हवाई जहाजमा ३० सेकेन्डभन्दा कम समयमा लन्डनबाट न्यूयोर्क पुगेजत्तिको हो ।






हारपछि वडावडामा पुगे आले, मतदातालाई दिए धन्यवाद
गुल्मीमा दुई उम्मेदवारको मत शून्य
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
सुर्खेतमा १६ वर्षीय इनिसा विकको बलात्कारपछि हत्या, चारजना पक्राउ
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत