काठमाडौं । जलवायु परिवर्तनका कारण सिमान्तकृत समुदाय, विशेषतः अपाङ्गता भएका व्यक्तिहरूमा परेको प्रभावलाई उजागर गर्ने उद्देश्यले राजधानीमा चित्रकला प्रदर्शनी आयोजना गरिएको छ ।
राष्ट्रिय आदिवासी जनजाती अपाङ्ग महासंघको आयोजनामा पाटन दरबार क्षेत्रमा उक्त प्रदर्शनी गरिएको हो । प्रदर्शनीमा अपाङ्गता भएका तथा नभएका कलाकारहरूले जलवायु परिवर्तनका कारण आफ्नो जीवनमा परेका असरलाई चित्रमार्फत गरेका छन् ।
महासंघकी अध्यक्ष प्रतिमा गुरुङले २०७२ सालको भूकम्पपछि जलवायु परिवर्तनले सिमान्तकृत समुदायका महिला, बालबालिका र ज्येष्ठ नागरिकमा पारेको प्रभावबारे चित्रकलामार्फत उजागर गर्ने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइन् ।
उनकाअनुसार प्रदर्शनीमा सहभागी १६ जना कलाकारहरूको सहभागिता रहेको छ । उनीहरूले अत्यधिक वर्षा, चर्को गर्मी जस्ता जलवायुजन्य जोखिमले दैनिक जीवनमा पारेको असरलाई सिर्जनात्मक ढंगले चित्रण गरेको गुरुङले जानकारी दिइन् ।
उनले भनिन्, ‘हामीले २०७२ सालको भूकम्पपछि जलवायु परिवर्तनले सिमान्तकृत समुदायका महिला, बालबालिका, जेष्ठ नागरिकलाई कसरी यसले असर गर्छ भन्ने विषयमा हामीले काम गर्दै आइरहेका छौँ । हामी यसै सम्बन्धी विभिन्न अध्ययन तथा अनुसन्धानहरू गर्ने गर्दथ्यौँ । तर जलवायु परिवर्तनको कारणले अपाङ्गता भएका व्यक्तिहरूमा असर परेको उनीहरूको अनुभूति छ । १६ जना अपाङ्गता भएका र नभएका सिनियर आर्टिफिसियलहरु हामीमाझ हुनुहुन्छ । कोही बहुअपांगता भएका व्यक्तिहरू हुनुहुन्छ । उहाँहरूले आफ्नो जीवनमा जलवायु परिवर्तनको कारण आएको असरहरूको बारेमा नेपालजस्तो देशमा बढी पानी पर्दा तथा बढी गर्मी हुँदाखेरी कस्तो असर पार्छ भन्ने कुरा चित्रकलामार्फत प्रदर्शन गर्नुभएको छ ।’
प्रदर्शनीले जलवायु परिवर्तन र अपाङ्गता बीचको सम्बन्धबारे सार्वजनिक चेतना अभिवृद्धि गर्ने अपेक्षा गरिएको उनको भनाइ छ ।






कृषि बधुवा मजदुरको पुनःस्थापनाका लागि सरकारलाइ दबाब
बालेन सरकारले निजी क्षेत्रलाई आतंकित बनायो : रामकुमारी झाँक्री
सम्पत्ति छानबिन आयोग प्रधानमन्त्री कार्यालय मातहत राख्ने कुरा आपत्तिजनक छ : वर्षमान पुन
अन्तर्राष्ट्रिय जगतमै लाज हुने गरी संसद्मा पत्रकारलाई दुःख नदिइयोस् : खगेन्द्र सुनार
जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन तुरुन्त सार्वजनिक गरियोस् : अर्जुन नरसिंह केसी
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
सारङ्गीको धुनले धानेको जिन्दगी
फिल्म ‘लालीबजार’ प्रदर्शनको बाटो खुल्यो
विमला परियारको ‘फाटेको मन’ सार्वजनिक
कर्णालीको अन्धविश्वास र उत्पीडनको कथा बोकेको नाटक ‘अछेता’