काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण रहेको टिप्प्णी गरेका छन्।
मंगलबार बसेको बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समयमा बोल्दै उनले संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल नभएको भन्दै सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य आफूहरुलाई सुखद नलागेको बताए।
‘नसुनिने संवेदनशीलहीन शैली संसदमा लोकतन्त्र र यसको खुला बहसशैली अनुकुल देखिएन। सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने दुर्भाग्य हाम्रा लागि त्यति सुखद लागिरहेको छैन। कांग्रेस ठूला गफ गर्ने तर कामले परिणाम दिन नसक्ने शैलीको पनि समर्थक होइन्,’ उनले भने, ‘जनतासँग खुलस्त बहस गर्नु एउटा लोकतान्त्रिक सरकार र नेताको प्राथमिक कर्तव्य हो। लोकतन्त्र बन्द कोठाको शासन होइन । यो खुला र सरल प्रकृया हो।’
उनले सरकारले लोकप्रियतावादी घोषणापत्र मात्रै प्रस्तुत गरेको भन्दै सरकार आफ्ना जिम्मेवारीप्रति गम्भीर नभएको धारणा राखे।






विपक्षी दलको सुझाव सरकारले सुन्नुपर्छ : हर्क साम्पाङ
एमालेको प्रश्न : राष्ट्रिय झण्डा ओढेर देश जलाउनेप्रति सरकार किन मौन छ ?
कांग्रेसले भन्यो ‘सरकारलाई सामाजिक सञ्जालमा खोज्नुपर्ने अवस्था दुर्भाग्यपूर्ण’
पुराना नेता र पुराना पार्टी सबै उस्तै हुन् भन्ने भाष्य गलत : प्रचण्ड
बागमती किनारमा बगिरहेका आँसुले कसरी नेपाल हाँसिरहेको देखिन्छ ? : प्रदीप ज्ञवाली
प्रधानमन्त्रीले आफ्ना मान्छेलाई प्रधानन्यायाधीश बनाउन अनेक जालझेल गर्दैछन् : गगन थापा
बालेन सरकारविरुद्ध नेकपा संयुक्त आन्दोलन गर्ने
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद सम्बन्धी अध्यादेश
नेकपाको एकता महाधिवेशनको कार्यतालिका सार्वजनिक