काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) की सांसद पार्वती विकले संसद्मा बोल्न नपाएको गुनासो गरेकी छन् ।
आज मंगलबारको प्रतिनिधि सभा बैठकमा सांसद विकले संसद्मा आफ्नो धारणा राखिरहेकी थिइन तर सभामुख डोलप्रसाद अर्यालले बोल्ने समय र प्रक्रिया नमिलेको भन्दै सभामुखले माइक्रोफोन बन्द गरिदिएको आरोप लगाएकी छन्।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त विषय सार्वजनिक गर्दै असन्तुष्टि व्यक्त गरेकी हुन्।
सांसद विकले संसदमा प्रतिपक्षका आवाज दबाउने प्रयास भइरहेको भन्दै प्रश्न उठाएकी छन्। उनले सत्ता पक्षले प्रतिपक्षले उठाएका विषयलाई पचाउन नसकेको टिप्पणी गर्दै संसदमा पूर्वप्रधानमन्त्रीले राखेको धारणाप्रति गरिएको प्रतिवादले आफूलाई “अनौठो लागेको” उल्लेख गरेकी छन्।
सामाजिक सञ्जालमा सार्वजनिक गरिएको उनको लिखित धारणा अनुसार उनले भनिन्, “यसरी प्रतिपक्षका आवाजलाई दबाउनु भन्दा काम गरेर जनता र प्रतिपक्षको मन जित्ने कि ?”
त्यसैगरी उनले सत्ता पक्षका सांसद गणेश पराजुलीले मन्तव्यका क्रममा राजनीतिक दलका कार्यकर्तालाई “भरौटे” शब्द प्रयोग गरेको भन्दै आपत्ति जनाएकी छन्।
विकले उक्त शब्द असोभनीय भएको दाबी गर्दै संसदको रेकर्डबाट हटाउन माग गरेकी छन्।
उनले संसद नियमावलीको दफा २१ अनुसार असोभनीय शब्द र आचरण भएको भन्दै सभामुखसमक्ष उक्त अभिव्यक्ति रेकर्डबाट हटाउन आग्रह गरेकी हुन्।







भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
रविले बोलाए सर्वदलीय बैठक