मोरङ । उदयपुरको उदयपुरगढीमा बिहीबार राति जन्ती बोकेको बस र मिनी ट्रक ठोक्किँदा एक यात्रुको मृत्यु भएको छ।
बाराबाट जन्ती लिएर गाईघाट जाँदै गरेको प्रदेश ०६–००१ ख ०१९५ नम्बरको बस र ना ८ ख २४०४ नम्बरको मिनी ट्रक राति करिब ९ बजे ठोक्किएर दुर्घटना हुँदा २६ जना घाइते भएका छन्। जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरका प्रहरी प्रमुख प्रहरी निरीक्षक चन्द्रबहादुर खड्काका अनुसार राति गाईघाटतर्फ जाँदै गरेको बस र गाईघाटबाट तेजपत्ता बोकेर निस्कदै गरेको मिनी ट्रक एकआपसमा ठोक्किएका थिए।
दुर्घटनामा गम्भीर घाइते भएका बारागढी गाउँपालिका–४ का ७० वर्षीय सीताराम धामीको विराटनगरस्थित न्यूरो अस्पतालमा उपचारका लागि भर्ना गरिएकोमा राति करिब पौने १२ बजे मृत्यु भएको हो। इन्स्पेक्टर खड्काका अनुसार दुर्घटनामा परेर बाराको बारागढी गाउँपालिका–४ का १५ वर्षीय दीपक चौधरी, ४२ वर्षीय श्रीकान्त बछार र ५५ वर्षीय बलिराम चौधरी गम्भीर घाइते अवस्थामा रहेका छन्।
प्रहरीका अनुसार घाइते हुनेहरु सबै जन्तीप आएकाहरू हुन्। यान्त्रिक गडबडीले दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।






रास्वपा सांसद आशिका तामाङ ट्राफिकसँग झोक्किइन
अधिकारकर्मी रूबी खानले तोडिन अनशन
हुम्लाको नेप्कामा भीषण पहिरो
बाजुरामा चौकी निर्माणमा अवरोध
सरकारले न्यायालयमा राजनीति छिरायो : वर्षमान पुन
मुक्त हरवाचरवाको अधिकार सुनिश्चित गर्न मधेश सरकार प्रतिबद्ध
हावाहुरीले विद्यालयमा क्षति
मुक्त हरवाचरवा अगुवालाई व्यवस्थापकीय तालिम
‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट