

धनगढी । कैलालीको धनगढीस्थित त्रिनगर माविमा आँखाको निःशुल्क परिक्षण गरिएको छ ।
विहिबार र शुक्रबार दुई दिन संचालित शिविरमा निशुल्क आँखा परिक्षण गरिएको हो ।
आँखा परिक्षण शिविरबाट एक हजार बढी शिक्षक र विद्यार्थीले सेवा लिएका छन् ।
एक प्रदेश एक बिद्यालयमा नि:शुल्क आँखा शिविर संचालन गर्ने कार्यक्रम अन्तर्गत सुदूर पश्चिम प्रदेको अस्थायी राजधानी धनगढीस्थित त्रिनगर माविमा आँखाको परिक्षणसंगै नि:शुल्क चश्मा वितरण गरिएको त्रिनगरका प्र.अ भुपाल खड्काले जानकारी दिए ।
मित्र समाज संस्था काठमाडौंले आयोजना गरेको शिविरमा आँखासम्बन्धी रोगको परीक्षण,परामर्शका साथै एक सय ११ जनालाई चश्मा वितरण गरिएको आयोजक टिम प्रमुख अनिल कुमार पौड्यालले बताए ।
पौड्यालका अनुसार शिविर देशैभर संचालन गरिएको छ ।
उक्त संस्थाले हालसम्म ६ प्रदेशमा शिविर आयोजना गरिसकेको र अब लुम्विनी प्रदेशमा बाँकी रहेको पौड्यालले बताए ।
उनी भन्छन्,”प्रबिधिमा आएको परिवर्तनसंगै विद्यार्थीहरुले अत्यधिक मात्रामा मोबाइल फोनको प्रयोग गर्ने र जसका कारण आँखाका रोगीहरुको संख्या बढ्न थालेपछि त्यसलाई रोक्न आफुहरुले सबै प्रदेशका एकएक वटा सामुदायिक विद्यालयहरुमा नि:शुल्क आँखा शिविर संचालन गर्नु परेको हो ।”
सामुदायिक विद्यालयमा जेहेन्दार विद्यार्थीहरु अध्ययन गर्ने हुँदा उनीहरुले आँखा जस्तो संवेदनशिल अंगको उपचार गर्न नसक्ने र भविश्यमा थप जटिल समस्या आउन सक्ने कुराको मध्यनजर गर्दै हामीले शिविर संचालन गरेका हौं उनले भने ।
शिविरको समापनका लागि एक औपचारिक कार्यक्रम गरी विद्यालय प्रशासनले धन्यबाद दिदै प्रशंसा पत्र सहित बिदाई गरेको छ । विद्यालय प्रशासनले गरेको विदाई समारोहमा शिविर संचालन टिमले आगामी दिनमा पनि विद्यालयसंग समन्वय गरेर शिविर संचालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
