जिप दुर्घटनामा परि पाँच जना घाइते


बैतडी । बैतडीमा जिप दुर्घटना हुँदा पाँच जना घाइते भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका– ८ बाट ढोले बजारतर्फ आउँदै गरेको से १ ज ४१४ नम्बरको जिप सोही वडाको बजालाउनेधारमा दुर्घटना हुँदा पाँच जना घाइते भएका हुन् ।

घाइते हुनेमा डडेल्धुरा अमरगढी नगरपालिकाका ५३ वर्षीय शिवबहादुर पार्की, सोही ठाउँका ४८ वर्षीय तेज पार्की र ३६ वर्षीय दिपक कैनी, दिपेन ताम्राकार र निकास ताम्रकार रहेका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ