धनगढी । कैलालीमा भ्यानको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका–५ का पाँच वर्षीय जेनिश बिष्टको ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कबिन्द्रसिंह बोहराका अनुसार बालकलाई लम्कीमै सुदूरपश्चिम प्रदेश ०१–००१ च ३७४७ नम्बरको यात्रुवाहक भ्यानले ठक्कर दिएको थियो ।
‘गाडीको ठक्करबाट गम्भीर घाइते भएका बालकलाई उपचारका लागि लालरत्न अस्पतालमा पुगाइएको थियो,’ डीएसपी बोहराले भने, ‘उपचारका क्रममा बालकको सोमबार राति ज्यान गएको छ ।’ भ्यानसहित अछामको मङ्गलसेन नगरपालिका–४ घर भएका २३ वर्षीय चालक भोजराज केसीलाई नियन्त्रणमा लिएको डीएसपी बोहराले बताए ।






बालेन सरकारको १०० बुँदे कार्यक्रममा हरवाचरवा उपेक्षित
एफएनसीसीआई कार्यकारिणी सदस्यमा सुनिता न्हेम्हाफुकीको उम्मेदवारी
‘सरी’ ले निकाे नहुने घाउ
लाश र माफीकाे राजनिती
पर्यावरणीय सभ्यताबारे सि जिनपिङको विचारमाथि छलफल
जुम्लामा जातीय विभेदको आरोपमा कविता बुढा पक्राउ
समानुपातिक सांसदलाई गेटबाटै फर्काइपछि पार्वती विक आक्रोशित
बालेन सरकार अजित मिजारकाे शव कहिले उठ्छ ?
इनिसा विककाे न्यायका लागि आन्दोलन चर्कियाे
बालेन सरकारविरुद्ध ओम प्रकाश पुनको कडा टिप्पणी