धनगढी । डडेल्धुराको अयमेरु कोटको पुरातत्व विभागको टोलीले पहिलोपटक उत्खनन तथा अन्वेषण गरेको छ । अजयमेरु गाउँपालिका– २ मा रहेको अजयमेरु कोटको मुख्य दरबार क्षेत्र उत्खनन गरी अध्ययन अनुसन्धान गरिएको हो ।
पुरातत्व विभागका प्रमुख पुरातत्व अधिकृत एवं पुरातत्वविद् भाष्कर ज्ञवालीका अनुसार मुख्य दरबारसंगै अजयमेरु कोटका देवल, मण्डप, नाउलाहरूमा उत्खनन गर्दा आठ वटा अभिलेख कुदिएका ढुगां भेटिएका छन् ।
‘अहिलेसम्म गरिएको उत्खनन र अध्ययन अनुसन्धानबाट अजयमेरु कोटमा दुई तलाको करिब १४ कोठे दरबार भएको हुनसक्ने देखिएको छ,’ उत्खनन टोलीका संयोजक ज्ञवालीले भने, ‘बीचमा गल्ली, एकातिर तीन र अर्कोतिर चार कोठा गरी भुइँ तलामा सात र माथि जाने ढुंगाको सिँढी पनि भेटिएकाले दुई तले भवनमा करिब १४ कोठाको मुख्य दरबार रहेको हुनसक्ने खुलेको छ ।’
मुख्य दरबार क्षेत्रमा दरबारसँगै एकतले भवन, मण्डली, सुरक्षा टावर लगायतका गरी १० वटा ढुंगे संरचना भएको भेटिएको ज्ञवालीले बताए । कोटमा राजा निरय पालको १२८५ र राजा नाग मल्लको १३०६ का अभिलेखहरू पाइएको उनले बताए ।
उत्खनन गर्दा कोट क्षेत्रमा कलाकृति र निर्माण शैली कर्णाली नदीभन्दा पूर्वमा रहेका देवलहरूभन्दा फरक भेटिएको पुरातत्व विभागको दाबी छ । उत्खननका लागि अजयमेरु गाउँपालिकाले चालु आर्थिक वर्षमा ९० लाख रकम विनियोजन गरेपछि पुरातत्व विभागको टोलीले अजयमेरु कोट क्षेत्रमा पुगेको थियो । टोलीले एक महिनासम्म उत्खनन गरेको छ भने बिहीबार फर्किने तयारीमा छ ।
उत्खननपछि अजयमेरु कोटलाई विश्व सम्पदा सूचीमा राख्न पहल गरिने अजयमेरु गाउँपालिकाले जनाएको छ ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन