काठमाडौं । नेपाल राष्ट्र बैंकले शुक्रबार जारी गरेको आगामी आर्थिक वर्ष (आव) २०८२/८३ को मौद्रिक नीतिको प्रभावका कारण शेयर बजारमा उत्साह देखिएको छ।
आइतबार बजार खुलेको १ मिनेटमै नेप्से परिसुचक करीब ६६ अंकले बढेर २७९८ अंकमा पुगेर अहिले २७६०.२५ अंकमा झरेको छ। नेप्से बढेसँगै बजारमा बिक्री पक्ष हाबी भएसँगै परिसुचक केही घटेको हो।
यद्यपि, अघिल्लो कारोबारको तुलनामा सबै परिसुचकहरु बढेरै कारोबार भइरहका छन्। अहिलेसम्म कुल ३ अर्ब ६७ करोड २ लाख ३६ हजार रुपैयाँको ८४ लाख ७९ हजार ८५४ कित्ता शेयर किनबेच भएको छ।
मौद्रिक नीतिले उद्यम व्यवसाय, ब्याजदर कोरिडोर, घरजग्गा, शेयर कारोबार लगायतमा गरेको लचिलो व्यवस्थाले अर्थतन्त्रले गति लिने अपेक्षा गरिएको थियो।






निर्वाचन प्रहरीको बन्दोबस्ती सामग्री खरिद विवाद : एउटै प्रक्रिया, तर प्रश्नको घेरामा नेपाल प्रहरी मात्रै किन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम