काठमाडौं। आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’को दोस्रो खेलमा नेपालले आज इटालीको सामना गर्दै छ । मुम्बईको वानखेडे रंगशालामा दिउँसो सवा ३ बजे नेपाल र इटालीबीच खेल हुनेछ। दुवै देशले प्रतियोगिताको दोस्रो खेल खेल्न लागेका हुन् ।
पहिलो खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो भने इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएको थियो ।
समूह ‘सी’ को समीकरणका लागि यो खेल निर्णायक हुनेछ। दुवै टोली आफ्नो पहिलो खेलमा पराजित भएकाले सुपर ८ मा पुग्न यो खेल जित्नैपर्ने दबाबमा छन् । पराजित हुँदा विश्वकपको यात्रा समाप्त हुन सक्ने भएकाले नेपाली टोलीका लागि यो खेल महत्त्वपूर्ण मानिएको छ ।
दुई टोलीबीच १३ वर्षपछि प्रतिस्पर्धा हुन लागेको हो। यसअघि सन् २०१३ मा आईसीसी डिभिजन–३ अन्तर्गत ५० ओभरको फम्र्याटमा भेट भएको थियो। नेपाल र इटली पहिलो पटक टी–२० अन्तर्राष्ट्रिय फम्र्याटमा एक–अर्काविरुद्ध मैदान उत्रिँदै छन्।
नेपाल रहेको समूह ‘सी’ मा वेस्ट इन्डिजले हालसम्म खेलेका दुवै खेल जितेर ४ अंक जोडिसकेको छ। इंग्ल्यान्ड र स्कटल्यान्डले २ खेलमा २ अंक जोडेका छन्।
सन् २०१४ मा अफगानिस्तानलाई हराए यता नेपालले विश्वकपमा जित निकाल्न सकेको छैन। आजको खेल जितेर नेपाल १२ वर्ष लामो जितको खडेरी समाप्त गर्न चाहन्छ।






बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
संविधान संशोधन बहसमा दलित मुद्दा
संविधान संशोधनको बहस : दलितका अधिकार संकुचनको जोखिम !
संविधान संशोधनमा दलितकाे चासो
संविधान संशोधनकाे बहस : दलितका सवालबारे विमर्श