काठमाडौँ । सुर्खेतकी १६ वर्षीया दलित किशोरी इनिसा विकको बलात्कारपछि हत्या गरिएको घटनाको विरोधमा आज काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिने भएको छ।
पीडित परिवारलाई अविलम्ब न्याय र दोषीलाई कडा कानुनी कारबाहीको माग गर्दै ‘जात व्यवस्था उन्मूलन मोर्चा, नेपाल’ र ‘वैज्ञानिक समाजवादी विद्यार्थी संगठन, नेपाल’ ले संयुक्त रूपमा प्रदर्शनको आह्वान गरेका हुन्।
आज फागुन २८ गते दिउँसो १ बजे माइतीघर मण्डलामा भेला भई उक्त हिंसात्मक घटनाको विरुद्धमा आवाज बुलन्द गरिने आयोजकले जनाएका छन्।
दलित समुदायमाथि भइरहेका शृंखलाबद्ध हिंसा, बलात्कार र हत्याका घटनाहरू बढ्दै गएको भन्दै अधिकारकर्मीहरूले चिन्ता व्यक्त गरेका छन्।
आयोजक संस्थाहरूले समाजमा व्याप्त ‘जात व्यवस्था’ र ‘पितृसत्तात्मक सोचका’ कारण किशोरीहरू असुरक्षित रहेको बताउँदै राज्यलाई यस्ता घटना रोक्न र अपराधीलाई उन्मुक्ति नदिन दबाब दिने उद्देश्यले यो प्रदर्शन गर्न लागिएको स्पष्ट पारेका छन्।
घटनाको विरोधमा उत्रिएका अधिकारकर्मी र विद्यार्थी संगठनहरूले सम्पूर्ण न्यायप्रेमी नागरिक, नागरिक समाज र मानव अधिकारवादीहरूलाई उक्त प्रदर्शनमा ऐक्यबद्धता जनाउन र सक्रिय सहभागी हुन अपिल समेत गरेका छन्।
प्रहरीले घटनाको अनुसन्धान गरिरहेको भए पनि दोषीलाई राजनीतिक संरक्षण हुन सक्ने र न्याय पाउन ढिलाइ हुने आशंकामा नागरिकस्तरबाट दबाबमूलक कार्यक्रमहरू सुरु भएका हुन्।







कविता : सरकार मलाई पनि जलाएर मार !
कविता : आगोको प्रश्न
गणेश नेपालीलाई न्याय देउ : प्रदिप परियार
गणेश नेपालीको निधनपछि माइतीघरमा प्रदर्शन
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन
गणेश नेपालीको न्यायका लागि लड्न नेकपा सांसद विश्वकर्माको अपिल
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’