काठमाडौं । नेपाली कफी तथा हस्पिटालिटी क्षेत्रमा सक्रिय ‘एभरेष्ट कफी बिन्स’ले काठमाडौंको अनामनगरमा आफ्नो सातौं आउटलेट सञ्चालनमा ल्याएको छ । सिंहदरबार पूर्वीगेटअगाडि अवस्थित नयाँ आउटलेटमार्फत कम्पनीले फ्रेन्चाइज मोडलमा विस्तारको औपचारिक सुरुआत गरेको जनाएको छ।
एभरेष्ट ग्रुप अफ कम्पनीजद्वारा सञ्चालित ‘एभरेष्ट कफी बिन्स’ले नेपाली कफी बजारको बढ्दो सम्भावनालाई मध्यनजर गर्दै विस्तारलाई तीव्रता दिएको कम्पनीका अध्यक्ष प्रेम सेन सुनारले बताए। उनका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा कफी संस्कृतिको विकास उल्लेखनीय रूपमा बढिरहेको छ र युवापुस्ता गुणस्तरीय कफी तथा आकर्षक वातावरणतर्फ आकर्षित भइरहेका छन्।
“हामी नेपाली कफी र हस्पिटालिटीलाई अन्तर्राष्ट्रिय स्तरको अनुभवसँग जोड्ने लक्ष्यका साथ अघि बढिरहेका छौं,” सुनारले भने।
कम्पनीले लगानीकर्तालाई प्रोत्साहन गर्न थप पाँच वटा फ्रेन्चाइज निःशुल्क उपलब्ध गराउने घोषणा समेत गरेको छ। साथै सञ्चालन तथा व्यवस्थापनको जिम्मेवारी पनि कम्पनी आफैंले सम्हाल्ने जनाएको छ। कम्पनीका अनुसार न्यूनतम २० लाख रुपैयाँको लगानीमा निर्धारित मापदण्डअनुसार ‘एभरेष्ट कफी बिन्स’को आउटलेट सञ्चालन गर्न सकिनेछ।
‘एभरेष्ट कफी बिन्स’ले २०८० चैत १९ गते काठमाडौंको मैतीदेवीबाट पहिलो आउटलेट सुरु गरेको थियो। छोटो अवधिमै सात वटा आउटलेट विस्तार गरिसकेको कम्पनीले अब आठौं शाखा कलंकीमा सञ्चालन गर्ने तयारी गरिरहेको जनाएको छ।
कफीसँगै बेकरी आइटम तथा विभिन्न प्रकारका खाजाका परिकार उपलब्ध गराउँदै आएको एभरेष्ट ग्रुपले कफी, हस्पिटालिटी र तालिम क्षेत्रमा समेत लगानी गर्दै आएको छ। कम्पनीले रोस्टेड कफी बिन्सको व्यापार पनि सञ्चालन गरिरहेको छ।
यस नयाँ आउटलेटमार्फत संकल्प इन्भेष्टमेन्ट प्रा.लि.ले आफ्नो पहिलो लगानी ‘एभरेष्ट कफी बिन्स’को फ्रेन्चाइजमा गरेको हो। संकल्प इन्भेष्टमेन्टका अध्यक्ष कृष्ण अर्यालले गुणस्तरीय सेवा र ब्रान्डप्रतिको विश्वासका कारण लगानी गरेको बताए। उनले आगामी दिनमा अन्य स्थानमा समेत विस्तार गर्ने योजना रहेको जानकारी दिए।
नेपालमा पछिल्ला वर्षहरूमा कफी संस्कृतिको विस्तार तीव्र रूपमा बढिरहेको छ। विशेषगरी युवापुस्तामाझ कफी हाउसहरू भेटघाट, व्यवसायिक मिटिङ तथा सामाजिक जमघटका लोकप्रिय केन्द्र बन्दै गएका छन्। स्वदेशमै उत्पादन हुने कफीको माग बढेसँगै नेपाली कफी उद्योग र हस्पिटालिटी क्षेत्रमा नयाँ लगानी समेत विस्तार हुँदै गएको देखिन्छ।






‘लालीबजार’ प्रतिबन्धको माग गर्दै बादी समुदाय आन्दोलित
कम्युनिस्ट एकताको आवश्यकता बढेको छ : प्रचण्ड
सगरमाथा आरोही विजय घिमिरेको लेक लागेर मृत्यु
अनामनगरमा खुल्यो ‘एभरेष्ट कफी बिन्स’ को नयाँ आउटलेट
जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : हर्क साम्पाङ
१० बुँदे घाेषणा पत्र जारी गर्दै पारालिगल तालिम सम्पन्न
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
बालेनलाई सिके राउतको चेतावनी
आगामी बजेट निजी क्षेत्रमैत्री हुनेछ : अर्थमन्त्री