महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन


दार्चुला । सरकारले महाकाली कोरिडोरमा आगामी आर्थिक वर्षका लागि सरकारले ३९ करोड ४० लाख रुपैयाँ विनियोजन गरेको छ । कञ्चनपुरको ब्रह्मदेवदेखि दार्चुलाको तिङ्कर नाकालाई जोड्ने करिडोरको थप निर्माण गर्न उत्तः बजेट विनियोजन गरिएको हो ।

यसवर्ष कोरिडोरमा २२ करोड ९७ लाख रुपैयाँ विनियोजन भएकामा गत चैतमा १५ करोड रुपैयाँ थप भएको थियो। कोरिडोरको हालसम्म २८७.५ किलोमिटर ट्र्याक खुलिसकेको छ ।

कोरिडोर न्तर्गत ४७ किलोमिटर सडकको ट्र्याक खोल्न बाँकी रहेको छ । कोरिडोरको कुल लम्बाइ ४१३ किलोमिटर रहेकामा दार्चुलास्थित तुसारपानीदेखि चीनको ताक्लाकोट जोड्ने तिङ्कर नाकासम्मको ७९ किलोमिटर सडक नेपाली सेनाले निर्माण गरिरहेको छ । नेपाली सेनाले १९ किलोमिटर सडकको ट्र्याक खोलेको छ ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ