धनगढी । कैलालीमा लागुऔषधसहित पाँच जना पक्राउ परेका छन् । आइतबार साँझ लम्कीचुहा नगरपालिका-४ बलियाबाट सोही ठाउँ बस्ने ३८ वर्षका मेसक चौधरी र १९ वर्षका अमृत चौधरीलाई ट्रामाडोल ४३ ट्याबलेटसहित इलाका प्रहरी कार्यालय लम्कीको टोलीले नियन्त्रणमा लिएको हो ।
यसैगरी, गोदावरी नगरपालिका-२ पहाड रोड तेघरीबाट सोही ठाउँ बस्ने २७ वर्षका दिपेन्द्र राज लेखक र २२ वर्षका आशिष भण्डारीलाई १२० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित इलाका प्रहरी कार्यालय लम्कीको टोलीले नियन्त्रणमा लिएको बताएको छ ।
हिजो नै राति ११:१५ बजेको समयमा धनगढी उपमहानगरपालिका(५ लब्लीचोकबाट कैलारी गाउँपालिका-३ बस्ने २८ वर्षका निमोह चौधरीलाई १०० मिलिग्राम लागुऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थसहित सामुदायिक प्रहरी सेवा केन्द्र हसनपुरबाट खटिएको टोलीले नियन्त्रणमा लिएको जनाएको छ ।






अध्यादेश ल्याउनु लोकतन्त्रविरुद्ध : प्रचण्ड
सबै राजनीतिक नियुक्ति खारेज गरिँदै
बालेन सरकारविरुद्ध सुकुमबासी आन्दोलनमा उत्रिने
ट्रम्पका विशेष दूत काठमाडौं आउँदै
अध्यादेशबारे राष्ट्रपतिले संविधानविद्हरूसँग छलफल गर्ने
शिल्पी थिएटरमा ‘सिकल सेल’ मञ्चन हुँदै, फ्युडल समाजको कथा प्रस्तुत
रोल्पामा १० वर्षीय दलित बालक कुटिए
कक्षा १२ को परीक्षा आजदेखि, ४ लाखभन्दा बढी विद्यार्थी सहभागी
सुकुमबासी बस्ती हटाउँदाको कारुणीक दृश्य (तस्बिरहरु)
गैरीगाउँको सुकुमवासी बस्तीमा पनि चल्यो डोजर