काठमाडौं । शिल्पी थिएटर मा नाटक ‘सिकल सेल’ मञ्चन भइरहेको छ । भोलि बुधबार १६ गते साँझ ठीक ५:१५ बजे नाटक सुरु हुने जानकारी दिइएको छ।
शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजका अनुसार उक्त नाटकले “फ्युडल सोसाइटी” अर्थात् सामन्ती समाजको कथा प्रस्तुत गर्छ। समाजभित्र जरा गाडेर बसेको वर्गीय विभेद, उत्पीडन, असमानता र मानवीय संघर्षलाई नाटकमार्फत उजागर गर्ने प्रयास गरिएको उनले बताए।
नाटकले परम्परागत सत्ता संरचना, सामाजिक विभाजन र त्यसले निम्त्याउने पीडालाई कलात्मक ढंगले दर्शकमाझ ल्याउने उद्देश्य राखेको निर्देशक युवराजको भनाइ छ।
समसामयिक सामाजिक यथार्थलाई मञ्चमा उतारिएको ‘सिकल सेल’ ले दर्शकलाई सोच्न बाध्य बनाउने अपेक्षा गरिएको छ। शिल्पी थिएटरले सबै नाट्यप्रेमी दर्शकलाई समयमै उपस्थित भई नाटक अवलोकन गर्न आग्रह गरेको छ।






लैङ्गिक विविधता : बहिष्कार होइन, स्वीकार
‘फेरि चाहियो जनताको पक्षमा लड्ने वाइसीएल’
रफ्फुले च्यातिएको ढाक्ला, तर इज्जत ढाक्दैन !
दलित उत्थान तथा अन्तरघुलन सम्बन्धी एकदिने कार्यक्रम सम्पन्न
दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन