काठमाडौं । रोल्पाको गंगादेव गाउँपालिका–५ फुल्बासमा १० वर्षीय बालक खगेन्द्र बिकमाथि कुटपिट गरिएको घटना सार्वजनिक भएको छ।
स्थानीय भीमबहादुर खत्रीले सोही स्थानका खगेन्द्र बिकलाई “घरभित्र आएको” भन्दै ज्यान मार्ने धम्कीसमेत दिँदै घरभित्रै आक्रमण गरी कुटपिट गरेको आरोप लागेको छ।
घटनापछि गाउँलेहरूले थाहा पाएर बालकलाई उद्धार गरी बाहिर निकालेका थिए। गम्भीर अवस्थामा रहेका बालकलाई उपचारका लागि अस्पताल लैजाने क्रममा अर्का स्थानीय गोपाल बिकमाथि पनि धारिलो हतियार प्रयोग गरी आक्रमण गरिएको बताइएको छ। उक्त आक्रमणबाट गोपाल बिक गम्भीर घाइते भएका छन्।
स्थानीयवासीहरूले वडा कार्यालय, गाउँपालिका तथा जिल्ला प्रशासनलाई घटनाको सत्यतथ्य छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न र पीडितलाई न्याय दिलाउन माग गरेका छन्।
घटनाले स्थानीय क्षेत्रमा त्रास र आक्रोश फैलिएको छ।






दलितकाे चित्कार राज्यले किन सुन्दैन ?
नागरिक अधिकार र प्रेस स्वतन्त्रताको पक्षमा माइतीघरमा प्रदर्शन
रोशनी नेपालीको प्रश्न : ‘सरकार बादी समुदायले न्याय कहिले पाउँछ ?’
६१ दिनदेखि बालेन सरकारलाई प्रश्न गर्दैछिन दिपा
पुनःस्थापनाको माग गर्दै सप्तरीका १८ पालिकामा मुक्त हरवा चरवाको शक्ति प्रदर्शन
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम