बाजुरामा बाघको आक्रमणबाट ४५ बाख्रा मरे


धनगढी । बाजुरामा बाघको आक्रमणबाट ४५ वटा बाख्रा मरेका छन् । जिल्लाको हिमाली गाउँपालिका–५ क्युरीका हिमाल बुढथापाका ४५ वटा बाख्रा बाघको आक्रमणमा परी मरेका हुन् ।

बिहीबार बिहान २ बजेको समयमा बुढथापाको घरभन्दा करिब एक सय मिटर टाढा रहेको कच्ची खोरमा बाघ पसेर ४५ वटा बाख्रा मारेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।

कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर बोहराका अनुसार खोरमा रहेका ४५ वटा बाख्रामध्ये केही साना पाठा खाएका छन् भने अरु सबै खोरमा मरेको अवस्थामा भेटिएका छन् ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ