धनगढी । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। आइतबार बिहान आठ बजे धनगढी उप-महानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन्।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक कवीन्द्र बोहराका अनुसार मृत फेला पर्नेमा धनगढी– १० का अन्दाजी ३२ वर्षका देवल चौधरी रहेका छन् । उनी जामुनको रूखमा साइकलमा सामान बाँध्ने ट्युबले घाँटीमा पासो लगाई झुन्डिएको अवस्थामा मृत फेला परेका छन्।
उक्त ठाउँबाट २० मिटर टाढा सोही ठाउँका अन्दाजी ३४ वर्षका कैदा राना भूमिमा पल्टेको अवस्था मृत फेला परेका छन्। डीएसपी बोहराका अनुसार घटनाबारे अनुसन्धान जारी छ।






भारतीय कडाइले संकटमा नेपाली चिया उद्योग, असारदेखि ५३ उद्योग बन्द हुँदै
महाकाली कोरिडोरमा ३९ करोड बजेट विनियोजन
परराष्ट्रमन्त्री खनाल बेइजिङमा
वन कर्मचारीले टेम्पो भीरबाट खसालिदिए
फोहरबाट रोजगारी र आम्दानी
मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
रविले बोलाए सर्वदलीय बैठक
आजदेखि निजामती अस्पतालको सेवा विस्तार
विभेद विरुद्ध सचेतना कार्यक्रम