महिला दिवस विशेष गजल


नजन्मिदै गर्वमै, गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर, मर्नुपर्छ छोेरीले ।
कहिले दाइजोको न्युमा त, कहिले बोक्सीको आरोपमा
कतिन्जेल जिउदै आागोमा, जल्नुपर्छ छोरीले
नजन्मिदै गर्वमै, गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर,मर्नुपर्छ छोेरीले ।
कहिले सासुको यातना, कहिले ससुराको यातना त, कहिले श्रीमानको यातना
कतिन्जेल सहनुपर्छ छारीले
नजन्मिदै गर्वमै,गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर, मर्नुपर्छ छोेरीले ।
मनमा पिडा वेदनाको डाडोँ लिई, हास्नुपर्छ छारीले
अन्याय अत्याचार सहेर पनि, बाच्नुपर्छ छोरीले
नजन्मिदै गर्वमै,गल्नुपर्छ छोरीले
जन्मिए बलत्कृत भएर, मर्नुपर्छ छोेरीले ।


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ