धनगढी । कैलालीमा अटाले ठक्कर दिँदा पैदल यात्री एक महिलाको मृत्यु भएको छ । बुधवार साँझ लम्की चुहा नगरपालिका–६ स्याउलेमा पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको अटोले पैदल यात्री स्थानी ५५ वर्षकी लक्ष्मी ढुङ्गानाको मृत्यु भएको हो ।
म १ ह ८५८ नम्बरको अटोको ठक्करबाट गम्भीर घाइते भएकी लक्ष्मीलाई मेडिकल कलेज कोहलपुर लगिएको भए पनि उनको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
अटोको ठक्करबाट लक्ष्मी सँगै पैदल यात्रा गरिरहेकी २२ वर्षीय मिना ढुङ्गाना पनि गम्भीर घाइते भएकी छिन । उनको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अटो र अटो चालक सोही ठाउँ बस्ने २३ वर्षीय हेमन्त जोशीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।






मुगुका विद्यार्थीले ट्र्याकसुट र झोला पाए
विभेद विरुद्ध सचेतना कार्यक्रम
बाजुरामा ३५ परिवार विस्थापित, भेडीगोठमा आगजनी
फिलिपिन्समा शक्तिशाली भूकम्प,एसियाली देशमा सुनामीको चेतावनी
रविले बोलाए सर्वदलीय बैठक
हरवाचरवा पुनर्स्थापनामा ढिलाइप्रति आक्रोश
आजदेखि निजामती अस्पतालको सेवा विस्तार