कैलाली । कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रेम बहादुर आले मगरले मतदातालाई कहिल्यै ढाँटेर राजनीति नगर्ने प्रतिबद्धता जाहेर छन् । घरदैलो अभियानका क्रममा उनले जनतासँग सिधा संवाद गर्दै असम्भव सपना देखाएर भन्दा गर्न सकिने कामको आधारमा मत माग्ने बताएका हुन् ।
“जनताले धेरै पटक झुटा आश्वासन सुनेका छन् । म त्यही दोहोर्याउन आएको होइन,” उनले भने, “जे गर्न सकिन्छ त्यही भन्छु, जे सकिँदैन त्यसमा इमानदार भएर माफी माग्छु ।”
घरदैलोका क्रममा स्थानीय बासिन्दासँग प्रत्यक्ष भेटघाट गर्दै आले मगरले शिक्षा, स्वास्थ्य, रोजगारी र आधारभूत पूर्वाधारलाई प्राथमिकतामा राख्ने बताए । उनका अनुसार राजनीति जनतालाई भ्रममा पार्ने होइन, भरोसा जगाउने माध्यम हुनुपर्छ ।
स्थानीय मतदाताले पनि प्रेम आले मगरलाई सरल, स्पष्ट र जनताको कुरा सुन्ने नेता भएको प्रतिक्रिया दिएका छन् । इमानदार छविका कारण उनीप्रति जनआकर्षण बढ्दै गएको देखिन्छ ।






हारपछि वडावडामा पुगे आले, मतदातालाई दिए धन्यवाद
गुल्मीमा दुई उम्मेदवारको मत शून्य
कैलालीमा प्रहरी जवान मृत्यु घटना छानबिन गर्न समिति गठन
सुर्खेतमा १६ वर्षीय इनिसा विकको बलात्कारपछि हत्या, चारजना पक्राउ
सात जिल्लाका ४ सय ९३ उम्मेदवारको जमानत जफत
स्याङ्जा-२ का मतदाता पदम विश्वकर्माको पक्षमा
मतदाताको घरमा प्रेमबहादुर आले
कैलाली–५ का मतदातासँग प्रेम आलेको ‘भावनात्मक अपिल’
प्रेम आलेको चुनावी अभियानमा पार्टी प्रवेश गर्नेको लर्को
फराकिलो मतान्तरले बालेन शाह विजयी