झापा । झापामा सवारी दुर्घटनामा ज्यान गुमाउनेको संख्या केही दिनयता बढेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्लो २५ दिनमा जिल्लाका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा परी १८ जनाले ज्यान गुमाएका छन् । यही माघ १ गतेदेखि माघ २५ गतेभित्रका अवधिमा दुर्घटनामा ती व्यक्तिले ज्यान गुमाएका हुन् ।
अर्जुनधारा नगरपालिका–७ स्थित बिरिङ खोलामा आइतबार भएको ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु भएको छ ।
बिरिङ खोलाबाट बालुवा लोड गरी अगाडि बढ्ने क्रममा प्र १–०१–००१ त ९०१० नं को ट्याक्टरको डालामा सवार सोही ट्याक्टरका सहचालक अर्जुनधारा–३ निवासी हर्क श्रेष्ठका १६ वर्षीय छोरा सरोज श्रेष्ठ ट्याक्टरबाट खस्दा पछाडिको चक्काले किचेको थियो ।
यसैबीच, तीन दिनअघि स्कुटीको ठक्करबाट घाइते भएका अर्जुनधारा–३ निवासी ४५ वर्षीय राजन बाँस्कोटाको उपचारका क्रममा आइतबार नै मृत्यु भएको छ ।
बिर्तामोडस्थित बी एण्ड सी अस्पतालमा उपचाररत बाँस्कोटाको आइतबार मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिए ।
माघ २१ गते बिहान अर्जुनधारा–३ गरुवा चोकस्थित बिर्तामोड–खुदुनाबारी सडकखण्डमा बिर्तामोडबाट खुदुनाबारीतर्फ जाँदै गरेको प्र १–०१–०१८ प १६७ नम्बरको स्कुटीले बाटो काट्दै गरेका पैदलयात्री बाँस्कोटालाई ठक्कर दिएको थियो ।
स्कुटी चालक इलाम माई नगरपालिका-३ निवासी ३५ वर्षीया अमृता राई र स्कुटी प्रहरी नियन्त्रणमा रहेका छन् । यसअघि माघ २१ गते दमकमा टिपरको ठक्करबाट दुईजनाको मृत्यु भएको थियो । माघ १ गते एकैदिन तीन जनाको ज्यान गएको थियो भने त्यसयता जिल्लामा प्रायस् दिनहुँजसो सवारी दुर्घटनाबाट मानवीय क्षति भइरहेको छ ।






अछामी समुदायसँग ‘प्रेम आले’को प्रतिबद्धता
कर्मदेव घाट पुगेर ‘विरमान’ ले ओढाए पार्टीको झण्डा
बंगलादेशमा आज निर्वाचन हुँदै
तीन दिने हिमालयन ह्वाइटवाटर च्यालेन्ज फागुन १४ देखि
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका क्षेत्रमा निषेधाज्ञा जारी
मतदातालाई ढाँटेर राजनीति गर्न मेरो शैली होइन : प्रेम आले
यस्ता छन्, कैलाली-३ का उम्मेदवार विरमान चौधरीको प्रतिबद्धता
मतदाताको मन जित्दै विरमान चौधरी
विकास र परिवर्तनको एजेन्डासहित घरदैलोमा वीरमान चौधरी
एमालेका जयबहादुर लामा नेकपामा प्रवेश