काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीमा विभिन्न पार्टी परित्याग गरी नेता तथा कार्यकर्ता प्रवेश गर्ने क्रम बढेको छ ।
मंगलबार पेरिसडाँडामा आयोजित एक कार्यक्रमका बीच नेकपा एमालेका पुराना नेता एवं मेडिकल व्यवसायी विष्णु अधिकारी र जसपाका नेता अर्जुन चौलागाईं माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।
अधिकारी २०५२ सालदेखि एमालेमा सक्रिय रहँदै आएका थिए । नवप्रवेशी नेताहरूलाई पार्टी संयोजक पुष्पकमल दाहालले खादा लगाएर स्वागत गरेका हुन् ।
नेपाली कम्युनिष्ट पार्टी, संघीय सम्पर्क समिति केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा आयोजित प्रशिक्षण कार्यक्रममा उनीहरूलाई पार्टीमा भित्र्याइएको हो ।
स्वागत गर्दै प्रचण्डले कम्युनिष्ट आन्दोलनको एकता र सुदृढीकरणका लागि यो प्रवेशले थप उर्जा दिने बताए ।
कार्यक्रममा पार्टीका अन्य शीर्ष नेता तथा सम्पर्क समितिका पदाधिकारीहरूको उपस्थिति थियो ।





