नाटक ‘छुटेका सपना’ ले धेरैलाई रुवायाे


धनगढी । शिल्पी थिएटरको प्रस्तुति मुक्त रंगमञ्च नाटक ‘छुटेका सपना’ कैलाली बहुमुखी क्याम्पस, धनगढीमा सफलतापूर्वक मञ्चन गरिएको छ ।

शिल्पी नाट्य यात्रा २०८२ को क्रममा मंगलबार (आज) दिउसो ४ बजे प्रस्तुत नाटक हेर्न विद्यार्थी, कला–साहित्यप्रेमी तथा स्थानीय दर्शकको उल्लेख्य उपस्थिति रहेको थियो ।

खुला आकाशमुनि मञ्चन गरिएको नाटकले समाजका उपेक्षित सपना, संघर्ष र यथार्थ जीवनका कथा प्रभावशाली ढंगले प्रस्तुत गरेको दर्शकहरूले प्रतिक्रिया दिएका छन् ।

नाटक सुरु भएदेखि अन्त्यसम्म दर्शकहरू ध्यानपूर्वक साथ प्रस्तुति अवलोकन गर्दै देखिन्थे ।

सामान्य गरिव परिवाले सरकारी सेवामा भाेग्नु परेकाे झन्झट,साेझासिधा किसान स्थानिय साँहु महाजनबाट लुटिनु परेकाे पीडा,चुनाव जित्न नेताहरुले बाड्ने झुटाे आश्वासन र आर्थिक समस्याका कारण उपचार नपाएर ज्यान गुमाउनु परेकाे दृश्यले धेरैलाई रुवायाे ।

“नाटककाे दृश्यले मेेराे परिवारकाे कथा देखाएकाे थियाे त्याे देखेपछि मन थाम्नै सकिन,आँखाबाट आँशु खसिहाल्याे कैलाली बहुमुखि क्याम्पसमा विविएस पहिलाे बर्षमा अध्ययनरत मनिसा जाेशीले समतापाेष्टलाइ बताईन ।”

कार्यक्रमको स्थानीय संयोजन सुदुरपश्चिम नाट्य समूह र रमण जैसरीले गरेका हुन । कार्यक्रमलाई सफल बनाउन सहयोग पुर्‍याएकोमा नाट्य समूह,रमण जैसरी,क्याम्पस प्रमुख लोक बहादुर बिष्ट,देबराज जाेशी र निर्मल सिंहलाई शिल्पि थिएटरका निर्देशक घिमिरे युवराजले विशेष धन्यवाद दिएका थिए ।

नाटकको परिकल्पना तथा निर्देशन घिमिरे युवराज ले गरेका हुन् । शिल्पी थिएटरले नाटक मार्फत समाजका दबिएका आवाज र छुटेका सपनालाई रंगमञ्चमा जीवन्त रूपमा उतार्ने प्रयास गर्दै आएको आयोजकको भनाइ छ ।

मंगलबारै विहान ११ बजे कैलालीको कैलाली गाउँ पालिका-७ बसन्तामा नाटक मंञ्चन गरिएकाे बताईएको छ । शिल्पि थिएटरका अनुसार नाटक हेर्न सयौंकाे उपस्थिति थियो ।

शिल्पि नाट्य यात्राअन्तर्गत देशका विभिन्न स्थानमा ‘छुटेका सपना’ मुक्त रंगमञ्च प्रस्तुति गरिने जनाइएको छ ।

भिडियो हेर्नुहाेस :

 


प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ