काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी छन् ।
अख्तियारको स्थापना दिवसका अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री कार्कीले प्रतिनिधिसभालाई स्वच्छ छवि र भ्रष्टाचारविरुद्धको स्पष्ट प्रतिबद्धता भएका जनप्रतिनिधिहरुको थलो बनाउनका लागि आसन्न निर्वाचनलाई मुलुकमा सदाचार स्थापनाको एउटा महाअभियानका रुपमा लिनुपर्ने बताएकी हुन् ।
उनले निर्वाचनपछि नयाँ जनादेशसहित आउने सरकारले जेनजीको भावनाअनुसार सुशासन र भ्रष्टाचार नियन्त्रणमा थप कदम उठाउने विश्वास पनि व्यक्त गरिन् ।
प्रधानमन्त्री कार्कीले नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि प्रयाप्त संरचना र कानूनी तथा नीतिगत व्यवस्था भएपनि भ्रष्टाचार अपेक्षाकृत नियन्त्रण नसक्नुको प्राथमिक जिम्मेवारी सरकार र कार्यकारी अंगकै भएको धारणा राखिन् ।






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन