काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट काठमाडौं आउँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्ने कार्यक्रम राखिएको प्रति प्रशासनले सुरक्षा व्यवस्था कडा पारेको छ । अहिले विमानस्थल प्रवेश गर्ने हरेक गाडी र व्यक्तिको सोधपुछ तथा जाँच गर्न सुरु गरिएको छ ।
यसअघि राप्रपा र राजसंस्था पक्षधरले स्वागतको कार्यक्रम घोषणा गरेपछि विमानस्थल आसपासमा जिल्ला प्रशासन कार्यालय काठमाडौंले निषेधाज्ञा जारी गरेको थियो ।
प्रशासनले निषेधित वा संवेदनशील क्षेत्रमा कानुनविपरीत गतिविधिमा संलग्न हुने जोसुकैलाई प्रचलित कानुन अनुसार कारबाही गरिने चेतावनी दिएको छ ।
पूर्वराजा शाह दिउँसो १२ बजेर ४० मिनेटमा बुद्ध एयरको विमानमार्फत काठमाडौं आइपुग्ने कार्यक्रम छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रवक्ता मोहन कुमार श्रेष्ठले विमानस्थल बाहिर आज दिउँसो राजाको स्वागतमा जुट्न आव्हान गर्दै नागरिकले आफ्नो राजाको शान्तिपूर्ण स्वागत गर्ने बताएका छन् ।
उनले भनेका छन्, ‘विमानस्थल भित्रको सुरक्षा संवेदनशीलतालाई ध्यान दिइ सरकारले निषेधित क्षेत्र घोषणा गरेको हो, यो राज्यको कर्तव्य पनि हो ।’






लैङ्गिक हिंसाप्रति संवेदनशील बन्न प्रहरीलाई अभिमुखीकरण
रोगले भन्दा राज्यको प्रणालीले मार्ने देश !
गणेश नेपालीका परिवारले दिए प्रहरीमा जाहेरी
९ बुँदे सहमतिपछि आन्दोलन रोकियो
सरकारको ज्यादती विरुद्ध माईतिघरमा प्रदर्शन (तस्विरहरु)
बिर्तामोडमा खुल्याे विरु दर्नालकाे ‘मिक्स फ्रुट क्याफे’
गणेश नेपाली मृत्यु प्रकरण : नेपाल दलित मोर्चाको गम्भीर ध्यानाकर्षण
गणेशलाई शहीद घोषणा गर्न स्वतन्त्र दलित नागरिक समाजको माग
आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन